ममता तेक्वान्दो डोजाङद्वारा गोरधोई पोखरी सरसफाइ

9 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, कार्तिक २ गते

 

सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धिका उद्देश्यले ममता तेक्वान्दो डोजाङ, जनकपुरधामले बिहान पिरारि चोक स्थित ऐतिहासिक गोरधोई पोखरी परिसरमा सरसफाइ कार्यक्रम गरेको छ।

 

आत्मरक्षा र अनुशासनको प्रशिक्षण दिने संस्थाले यसपटक वातावरण संरक्षण र समुदायिक उत्तरदायित्व प्रति जागरण ल्याउने उद्देश्यसहित सरसफाइ अभियान सञ्चालन गरेको हो।कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, खेलकर्मी तथा भियान्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले पोखरी वरपरका फोहर फालिएका प्लास्टिक, बोतल र कुहिने–नकुहिने पदार्थ संकलन गरी उचित व्यवस्थापन गरेका थिए।

 

मार्शल आर्ट प्रशिक्षक तथा खेल गुरु उमेश कुमारले जनकपुरधाम जस्तो धार्मिक, सांस्कृतिक र पर्यटकिय सहर सफा र आकर्षक राख्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए।उनले भने, “आत्मरक्षा सिक्ने जत्तिकै महत्त्व समाज र वातावरणको रक्षा गर्न पनि छ। सफा सहर हाम्रो गौरव हो, यसका लागि युवाहरू अग्रसर हुनुपर्छ।”

 

पोखरी सरसफाइ अभियानले स्थानीय समुदायमा पर्यावरण प्रेम, जिम्मेवारी र सामूहिक सहयोगको सन्देश फैलाएको सहभागीहरूले जनाएका छन्।सहभागी विद्यार्थीहरूले पनि सरसफाइ अभियानले जनकपुरको सौन्दर्य जोगाउन र आफ्नै ठाउँ प्रति गर्व महसुस गराएको प्रतिक्रिया दिएका छन्।

 

यस अवसरमा डोजाङका प्रशिक्षक तथा सदस्यहरूले आगामी दिनमा जनकपुरका अन्य धार्मिक र ऐतिहासिक पोखरीहरूमा पनि यस्ता अभियान निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..