जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज,असोज २८ गते 

निर्वाचन आयोग, नेपालले जनस्वराज पार्टी (संक्षिप्तमा जस्वपा) लाई आधिकारिक रूपमा दर्ता गरेको छ। आयोगको मिति २०८२ असोज २८ गतेको बैठकले पार्टी दर्ता सम्बन्धी प्रस्ताव स्वीकृत गर्दै पार्टीलाई दर्ता किताबमा अभिलेखिकरण गर्ने निर्णय गरेको हो।

 डा.सीके राउत नेतृत्वको जनमत पार्टी बाट फुटेकाे जनस्वराज पार्टी निर्वाचन आयोगमा २३ सदस्यीय कार्यसमिति सहित ई.दीपक साहको नेतृत्वमा दर्ता भएको हो ।

निर्णय अनुसार, पार्टीको अंग्रेजी नाम Janaswaraj Party र संक्षिप्त रूप JS रहनेछ। यससहित आयोगले जनस्वराज पार्टीका केन्द्रीय समिति पदाधिकारी तथा सदस्यहरूको विवरण अभिलेखिकरण गर्ने, पार्टीको विधान “जनस्वराज पार्टीको विधान २०८२” दर्ता गर्ने र पार्टीको झण्डा निलो, सेतो र रातो रंगका ठाडा धर्का (स्ट्रीप) रहने गरी स्वीकृत गरेको पार्टीका केन्द्रिय उपाध्यक्ष शम्भुनाथ साहले जनाएको छ।

 

त्यसैगरी पार्टीको छाप (Symbol) गोलाकार रहनेछ, जसको मध्य भागमा पार्टीको चुनाव चिन्ह अंकित हुने आयोगले जनाएको छ।निर्वाचन आयोगले जारी गरेको पत्रमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..