आधुनिक सुविधा र अनुभवी टोलीसहित जनकपुर मधेश हस्पिटलको शुभारम्भ

10 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, असोज २४ गते

जनकपुरधाममा अत्याधुनिक सुविधा र अनुभवी डाक्टर,स्वास्थ्यकर्मी हरूको टोली सहितको जनकपुर मधेश हस्पिटल प्रा. लि. आज शुक्रबार देखि विधिवत् रूपमा सञ्चालनमा आएको छ। उद्घाटन समारोहका प्रमुख अतिथि श्री रामानन्दीय श्रीवैष्णव संघका अध्यक्ष तथा जानकी मन्दिरका छोटे महन्त श्री रामारोशन दास वैष्णवले रिबन काटेर अस्पतालको शुभारम्भ गरेका हुन्।

 

महन्त वैष्णवले उद्घाटन समारोहमा मन्तव्य दिँदै भने “जनकपुरधाममा यति व्यवस्थित र बहु–सेवा युक्त अस्पतालको स्थापना स्वास्थ्य क्षेत्रमा एउटा सकारात्मक क्रान्ति हो। यसले जनताको स्वास्थ्य सेवामा सस्तो ,सहज पहुँच सुनिश्चित गर्नेछ,” भन्दै शुभकामना व्यक्त गरे।

 

दुई अनुभवी स्वास्थ्यकर्मी चेत नारायण यादव र चन्द्र दीप ठाकुर (स्वास्थ्य सहायक) द्वारा संयुक्त रूपमा सञ्चालित यस अस्पतालमा २४ घण्टा इमरजेन्सी सेवा, दैनिक ओपीडी, स्त्री तथा प्रसूति रोग उपचार, जेनरल सर्जरी तथा ल्याप्रस्कोपी सर्जरी, बाल रोग, जेनरल फिजिसियन सेवा, साथै दन्त, आँखा, छाला, नाक–कान–घाँटी, हाड–जोर्नी तथा नसाको उपचार, र मानसिक रोग उपचार सेवा उपलब्ध छन्।

 

त्यसका साथै अस्पतालमा आधुनिक प्याथोलोजी ल्याब, भिडियो एक्स–रे तथा एक्स–रे सेवा, र २४ घण्टा एम्बुलेन्स सुविधा पनि सञ्चालनमा छन्। विभिन्न ख्यातिप्राप्त चिकित्सकहरू बाट नियमित परामर्श र उपचार हुने भएकाले बिरामीहरूले अब बाहिरका सहरमा धाउनुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ।

 

सञ्चालक चेत नारायण यादवले भने,“हाम्रो प्राथमिकता सेवा, गुणस्तर र सन्तुष्टि हो। बिरामीले आफ्नै सहरमा सम्पूर्ण उपचार पाऊन् भन्ने हाम्रो मुख्य लक्ष्य हो,” भन्दै स्थानीयको निरन्तर साथ र विश्वासका लागि आभार व्यक्त गरे।

 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार, समाजसेवी र नागरिकहरूको उपस्थिति थियो। सहभागीहरूले अस्पतालको सेवा, सफाइ र व्यवस्थापनको प्रशंसा गर्दै निरन्तर प्रगतिका शुभकामना दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..