जनकपुरमा पाँच दिने आवासीय योग प्रशिक्षण शिविरको शुरुवात

11 महीना पहिले प्रकाशित

 

विनोद कुमार साह

जनकपुरधाम, असोज १७ गते

 

पतंजली योग समिति नेपाल द्वारा आयोजित पाँच दिने आवासीय पुनर्ताजगी योग प्रशिक्षण शिविर आज शुक्रबार देखि जनकपुरधाममा सुरु भएको छ। “योग गरौँ, निरोगी बनौँ” भन्ने मूल नारासहित सुरु भएको यस शिविरमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रशिक्षक र साधकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

 

उद्घाटन समारोहमा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज कुमार साहले योगलाई जीवनशैलीमा उतार्न सके समाज निरोगी र अनुशासित बन्ने बताएका छन्। उनले योग केवल शारीरिक अभ्यास मात्र नभई मानसिक शान्ति र सामाजिक समृद्धिको बाटो भएको उल्लेख गर्दै यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

 

कार्यक्रमको अध्यक्षता प्रदेश प्रभारी हरिहर लाल चौधरीले गरेका थिए। उद्घाटन सत्रमा विभिन्न योग प्रशिक्षकहरूले योगा भ्यासको महत्व, स्वास्थ्यमा यसको प्रत्यक्ष प्रभाव र समाजमा चेतना जगाउने विषयमा आफ्ना मन्तव्य प्रस्तुत गरेका थिए।

 

शिविर पाँच दिनसम्म चल्नेछ भने यस अवधिमा सहभागीहरूले ध्यान, प्राणायाम, आसन तथा आयुर्वेदिक जीवनशैली सम्बन्धी विभिन्न सत्रहरूमा प्रशिक्षण लिनेछन्।कार्यक्रममा सन्जित कुमार यादव पतंजली योग समिति नेपाल धनुषा अध्यक्ष, मनोहर साह लगायतका उलेख्य सहभागिता रहेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..