शैक्षिक विकासका लागि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

12 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज

जनकपुरधाम, असोज १६ गते, बिहीबार 

 

शैक्षिक उन्नति तथा बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले श्री हरि मानव कल्याण मञ्च द्वारा आज बिहीबार आयोजित हाजिरी जवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो।

 

कार्यक्रमका विजयी प्रतिभाशाली सहभागीहरू लाई आजै नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएका छन्। सम्पूर्ण प्रतिस्पर्धीहरू लाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष दीपक श्रेष्ठ मण्डल ले भने :“विद्यार्थीलाई हौसला प्रदान गर्न सक्नु पर्छ ताकि उनीहरूले सुन्दर भविष्य निर्माण गर्न सकून्।”

 

यस किसिमका गतिविधिले बालबालिकामा प्रतिस्पर्धात्मक भावना जागृत गर्ने मात्र नभई उनीहरूको बौद्धिक विकास, आत्मविश्वास वृद्धि र सामाजिक उत्तरदायित्व प्रति सजगता समेत बढाउने उल्लेख गरिएको छ।

 

शैक्षिक गतिविधिमा निरन्तरता र सबै क्षेत्रको सहकार्य आवश्यक रहेको सहभागी अभिभावक र शिक्षकहरूले पनि बताएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..