खानेपानी मन्त्रीका लागि जेनजी समूह बाट ई. दिपेन्द्र को नाम प्रस्ताव

12 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज,असोज १० गते 

 

सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा ई. दिपेन्द्र साहलाई खानेपानी मन्त्रीमा नियुक्त गर्न माग गरिएको छ।जेनजी समूहको तर्फबाट ई. मधुसुधन कुशवाहाले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै साहलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिनुपर्ने प्रस्ताव दर्ता गरेका हुन्। भ्रष्टाचार र बेथिति विरुद्ध ज्यान र जागिरको जोखिम उठाउँदै निडर ढंगले काम गरेका साह योग्य उम्मेदवार रहेको उनको तर्क छ।

 

२०६९ सालमा लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गरेका साहले राष्ट्रिय सतर्कता केन्द्र देखि विदेह नगरपालिका र संघीय आयोजना कार्यालय सम्म नेतृत्वदायी भूमिका निभाउँदै बेथिति रोक्ने काम गरेका छन्। उनका संघर्ष संसद सम्म गुन्जिएका छन्।

 

समकक्षी इन्जिनियरहरूका अनुसार, साह आज देशले खोजिरहेको निडर, आत्मविश्वासी र मार्गदर्शन दिने व्यक्तित्व हुन्। नेपाल आमाप्रति देखाएको उनको तत्परताले खानेपानी मन्त्रालयको योग्य दावेदार बनाएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..