संघीय लोकतान्त्रिक मोर्चा महोत्तरी द्वारा कालो दिवस मनाइयो

12 महीना पहिले प्रकाशित

इन्द्र भूषण यादव

महोत्तरी, असोज ३ गते 

 

नेपाल सरकारले असोज ३ गतेलाई संविधान दिवसका रूपमा देशव्यापी रूपमा उत्सव मनाइरहँदा महोत्तरीमा संघीय लोकतान्त्रिक मोर्चाले भने अपूर्ण र अधुरो संविधान भन्दै कालो दिवस मनाएको छ।

 

मोर्चाका नेता तथा कार्यकर्ताहरू सयौँको संख्यामा भेला भई टाउकोमा कालो पट्टी बाँधेर नगर परिक्रमा गर्दै विरोध प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनकारीहरूले “यो संविधान मान्य छैन”, “संविधान संशोधन गर” लगायतका नारा लगाएका थिए।

 

मोर्चाका नेताहरूले संविधानमा रहेका त्रुटी सच्याउन नसकेसम्म जनताले यसलाई स्वीकार्न नसक्ने चेतावनी दिए। उनीहरूले संविधान जारी भएको दिनमै ब्ल्याकआउट गरेर विरोध जनाएको र आज फेरि पनि ‘कालो दिन’का रूपमा सम्झन बाध्य भएको बताए।

 

मधेश प्रदेशका जसपा नेपालकी नेतृ सबिता यादवले संविधानले मधेशी जनताको अधिकारलाई पूरा प्रतिनिधित्व नगरेको दाबी गर्दै त्रुटी सच्याउन आवश्यक रहेको बताइन्।

“संविधान पुनर्लेखन वा संशोधन गरेर मात्र मधेश जन विद्रोहका मागहरू सम्बोधन गर्न सकिन्छ,” उनले भनिन्।देश नयाँ युगमा प्रवेश गर्दैगर्दा संविधानको रक्षा हुनु आवश्यक भए पनि मधेश जनविद्रोह लाई भुल्न नहुने उनको तर्क छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..