मधेस प्याब्सन द्वारा श्रद्धाञ्जलि सभा

10 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज

जनकपुरधाम, असोज १ गते 

 

जनकपुरधामको प्रशिद्ध धार्मीक ऐतिहासिक स्थल जानकी मन्दिर प्राङ्गणमा सोमबार मधेस प्याब्सनले जेन–जेड आन्दोलनका क्रममा सहादत प्राप्त युवाहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम आयोजना गर्यो।

 

कार्यक्रमको अध्यक्षता मधेस प्याब्सनका केन्द्रीय अध्यक्ष तथा गैलेक्सी सेकेन्डरी बोर्डिङ स्कुलका संस्थापक प्रा. अमरेन्द्र कुमार झाले गरेका थिए। उनले लोकतन्त्र स्थापना युवाको बलिदानीका लागि नभएको तर भ्रष्टाचारविरुद्ध लड्दै ७३ जना जेन–जेड युवाले सहादत प्राप्त गर्नु दुःखद रहेको बताए।

 

मधेस प्याब्सनका केन्द्रीय सचिव तथा ज्ञानगंगा इन्टरनेशनल पब्लिक स्कुलका संस्थापक प्रा. पवन कुमार साहले भ्रष्टाचारलाई घर–गाउँ, टोलस्तरमै बहिष्कार गर्नुपर्नेमा जोड दिए। उनले शहीद परिवारलाई शैक्षिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

 

कार्यक्रममा केन्द्रीय सदस्य रामचन्द्र पण्डित, जिल्ला अध्यक्ष सुजित मिश्र लगायतले शहीद प्रति श्रद्धाञ्जलि अर्पण गर्दै सरकारले विद्यार्थीमाथि गोली प्रहार गरी नरसंहार गरेको भन्दै खेद प्रकट गरे। मिश्रले जेन–जेड पुस्ताले २४ घण्टामै सता परिवर्तन विश्व रेकर्ड कायम गरेको दाबी पनि गरे।

 

गैलेक्सी र शिवशारदा स्कुलका विद्यार्थी तथा शिक्षकले श्रद्धाञ्जलि मन्तव्य राखेका थिए। त्यस्तै सामाजिक अभियन्ता डा. ई. कृष्णचन्द्र साह र राष्ट्रिय सरसफाइ अभियानी धिरेन्द्र कुमार साहले जेन–जेडको त्याग र समर्पणको प्रशंसा गर्दै अरु पुस्ताले पनि नेतृत्वमा हातेमालो गर्नुपर्नेमा जोड दिए।

 

राष्ट्रिय शोक दिवसका अवसरमा प्याब्सन अन्तर्गतका गैलेक्सी, शिवशारदा, ज्ञानगंगा, होली मिसन, यशोदा प्रेम शिशु सदन र भद्रकाली सेकेन्डरी स्कुलले सामूहिक श्रद्धाञ्जलि अर्पण गरेका थिए। कार्यक्रममा शिक्षक, विद्यार्थी, नागरिक समाज लगायतका उलेख्य उपस्थिति रहेका थिए ।कार्यक्रमको सञ्चालन प्रा. पवन कुमार साहले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..