निजी विद्यालयको सहयोग : जेन–जी आन्दोलन प्रभावित क्षेत्रमा राहत

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, भदौ २९ गते 

जेन–जी आन्दोलनका क्रममा जनकपुरधाममा भएको क्षतिपछि विभिन्न निजी विद्यालय संगठनहरूले राहत सहयोग हस्तान्तरण गरेका छन्।

 

एन प्याब्सन जनकपुर धामले १० हजार, हिसान धनुषाले ७ हजार र हिमाली बोर्डिङ स्कूलले ३ हजार रुपैयाँ स्थानीय ट्राफिक कार्यालय, जिरोमाइलमा सामाग्री खरिदका लागि प्रदान गरेका हुन्।

 

एन प्याब्सनका नगर अध्यक्ष दिपक कुमार ठाकुरले भने, “चाहे कोरोनाकाल होस् वा बाढी–पहिरो, निजी विद्यालय समुदाय संकटको घडीमा कहिल्यै पछि हट्दैन। हामी सधैं अगाडि छौँ।”

 

हिसान धनुषाका अध्यक्ष सञ्जीव ठाकुरले विद्यार्थी र अभिभावकलाई आन्दोलनका क्रममा हराएका वा लुटिएका सामाग्री देखेमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरे।

कार्यक्रममा एन प्याब्सनका वरिष्ठ उपाध्यक्ष बजेन्द्र मिश्र, धनुषा एन प्याब्सनका वरिष्ठ उपाध्यक्ष प्रमोद अग्रवाल लगायतको उपस्थिती रहेको थियो।विद्यालय क्षेत्रबाट आएको सहयोगले आन्दोलन पश्चात प्रभावित संरचनाहरूको पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..