निजी विद्यालयको सहयोग : जेन–जी आन्दोलन प्रभावित क्षेत्रमा राहत

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, भदौ २९ गते 

जेन–जी आन्दोलनका क्रममा जनकपुरधाममा भएको क्षतिपछि विभिन्न निजी विद्यालय संगठनहरूले राहत सहयोग हस्तान्तरण गरेका छन्।

 

एन प्याब्सन जनकपुर धामले १० हजार, हिसान धनुषाले ७ हजार र हिमाली बोर्डिङ स्कूलले ३ हजार रुपैयाँ स्थानीय ट्राफिक कार्यालय, जिरोमाइलमा सामाग्री खरिदका लागि प्रदान गरेका हुन्।

 

एन प्याब्सनका नगर अध्यक्ष दिपक कुमार ठाकुरले भने, “चाहे कोरोनाकाल होस् वा बाढी–पहिरो, निजी विद्यालय समुदाय संकटको घडीमा कहिल्यै पछि हट्दैन। हामी सधैं अगाडि छौँ।”

 

हिसान धनुषाका अध्यक्ष सञ्जीव ठाकुरले विद्यार्थी र अभिभावकलाई आन्दोलनका क्रममा हराएका वा लुटिएका सामाग्री देखेमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरे।

कार्यक्रममा एन प्याब्सनका वरिष्ठ उपाध्यक्ष बजेन्द्र मिश्र, धनुषा एन प्याब्सनका वरिष्ठ उपाध्यक्ष प्रमोद अग्रवाल लगायतको उपस्थिती रहेको थियो।विद्यालय क्षेत्रबाट आएको सहयोगले आन्दोलन पश्चात प्रभावित संरचनाहरूको पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..