जनकपुरधाममा निजामती कर्मचारी युनियन द्वारा वृहत रक्तदान कार्यक्रम

11 महीना पहिले प्रकाशित

 ईन्द्र भुषण यादब/राष्ट्रिय आवाज 

जनकपुरधाम, भदौ १९ गते 

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धनुषाले आफ्नो स्थापना दिवसको अवसरमा आज बिहीबार जनकपुरधामको जनक चोकमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

 

"राष्ट्रसेवा, निष्पक्षता, तत्परता र कर्मचारी एकता" भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम बिहान ७ बजेदेखि दिउँसो १२:३० बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा निजामती कर्मचारी, स्थानीय समाजसेवी, युवाहरू र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

युनियनका उपाध्यक्ष चन्द्र नारायण मण्डलका अनुसार कार्यक्रममा ११६ जना रक्तदाताले रक्तदान गरेका छन्। उनका अनुसार, "रक्तदान केवल एक सामाजिक कार्य मात्र नभई, मानव जीवन बचाउने महान् योगदान पनि हो। यस्ता कार्यक्रमहरूले कर्मचारीहरूमा सामाजिक उत्तरदायित्व बोध जागृत गर्न मद्दत पुर्‍याउँछ।"

 

यस अवसरमा बोल्ने वक्ताहरूले रक्तदानले समाजमा आपसी सहयोग, सहकार्य र मानवताको सन्देश फैलाउने बताए। सहभागी दाताहरूले नियमित रुपमा यस्ता सामाजिक कार्यक्रम गर्न आग्रह गरेका थिए।

 

नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति धनुषाका पदाधिकारीहरूले स्थापना दिवसलाई अर्थपूर्ण बनाउन रक्तदानजस्तो जीवनदायी कार्यको आयोजनाले संघको सामाजिक दायित्वलाई थप मजबुत बनाएको बताए। उनीहरूले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा, सामाजिक सेवा तथा सचेतनामूलक अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।

 

कार्यक्रममा सहभागि दाताहरूलाई सम्मानपत्र तथा धन्यवाद ज्ञापन गरिएको थियो। आयोजकका अनुसार, प्राप्त रगतले जनकपुरधाम क्षेत्रका बिरामीहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..