जनकपुरधाममा दशैँ बजार व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

1 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, भदौ १८ गते 

जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा आगामी दशैँ–तिहार पर्वलाई लक्षित गर्दै बजार व्यवस्थापन सम्बन्धी विशेष छलफल कार्यक्रम आज बुधबार बिहान सम्पन्न भएको छ ।

 

संघको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष श्री सुरेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यापारी, सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार तथा संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले नेपालीहरुको महत्त्वपूर्ण चाडपर्वको समयमा बजारमा अत्यधिक भीडभाड हुने भएकाले मूल्य नियन्त्रण, कालोबजारी रोकथाम, गुणस्तरिय आवश्यक उपभोग्य वस्तुको सहज आपूर्ति र उपभोक्ताको अधिकार संरक्षण संघको प्राथमिकता हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो दशैँ–तिहारको समयमा उपभोक्तालाई सहज मूल्यमा आवश्यक वस्तु उपलब्ध गराउनु उद्योग वाणिज्य संघको दायित्व हो । व्यापारी समुदाय र प्रशासन बीच सहकार्य भएमा उपभोक्ता थप सन्तुष्ट हुनेछन् ।

 

छलफलमा सरोकारवाला पक्षहरुले बजार व्यवस्थापन, सुरक्षाको व्यवस्था, आवश्यक वस्तुको मूल्य सूची सार्वजनिक गर्ने र अनुगमनलाई प्रभावकारी बनाउन सुझावसमेत दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..