भूमि विधेयक भू–माफिया मुखी, जसपाको विरोध निर्णय लाई स्वागत”_ चुरे संरक्षण अभियान

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, भदौ ९ गते 

चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालले हाल सरकारले अघि बढाएको भूमि विधेयक लाई चुरे वनजंगल मास्ने खालको भन्दै आपत्ति जनाएको छ।

 

२०७४ सालदेखि संरक्षण अभियान सञ्चालन गर्दै आएको संस्थाले आज सोमबार प्रेस विज्ञप्ति जारी गरी विधेयक चुरे क्षेत्रमा भू–माफिया लाई लाभ पुर्याउने नियत सहित ल्याइएको दाबी गरेको छ। विज्ञप्तिमा जसपाले विधेयक विरुद्ध गरेको विरोधलाई स्वागत गर्दै पूर्ण एक्यवद्धता प्रकट गरिएको छ।

 

अभियानका राष्ट्रिय अध्यक्ष तथा अभियन्ता सुनिल कुमार यादवले भनेका छन्, “यो विधेयक पारित हुनु भनेको तराई–मधेशलाई मरुभूमि बन्ने बाटो खोल्नु हो।” उनले तराई–मधेशका सम्पूर्ण नागरिकलाई विधेयक विरुद्ध आ–आफ्नो स्तरबाट आवाज उठाउन अपिल गरेका छन्।

संरक्षण अभियानले चुरे तथा वनजंगल संरक्षण सँग सम्बन्धित हरेक सकारात्मक आन्दोलनमा नैतिक साथ र समर्थन रहने प्रतिबद्धता पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..