भूमि विधेयक भू–माफिया मुखी, जसपाको विरोध निर्णय लाई स्वागत”_ चुरे संरक्षण अभियान

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, भदौ ९ गते 

चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालले हाल सरकारले अघि बढाएको भूमि विधेयक लाई चुरे वनजंगल मास्ने खालको भन्दै आपत्ति जनाएको छ।

 

२०७४ सालदेखि संरक्षण अभियान सञ्चालन गर्दै आएको संस्थाले आज सोमबार प्रेस विज्ञप्ति जारी गरी विधेयक चुरे क्षेत्रमा भू–माफिया लाई लाभ पुर्याउने नियत सहित ल्याइएको दाबी गरेको छ। विज्ञप्तिमा जसपाले विधेयक विरुद्ध गरेको विरोधलाई स्वागत गर्दै पूर्ण एक्यवद्धता प्रकट गरिएको छ।

 

अभियानका राष्ट्रिय अध्यक्ष तथा अभियन्ता सुनिल कुमार यादवले भनेका छन्, “यो विधेयक पारित हुनु भनेको तराई–मधेशलाई मरुभूमि बन्ने बाटो खोल्नु हो।” उनले तराई–मधेशका सम्पूर्ण नागरिकलाई विधेयक विरुद्ध आ–आफ्नो स्तरबाट आवाज उठाउन अपिल गरेका छन्।

संरक्षण अभियानले चुरे तथा वनजंगल संरक्षण सँग सम्बन्धित हरेक सकारात्मक आन्दोलनमा नैतिक साथ र समर्थन रहने प्रतिबद्धता पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..