आपराधिक गतिविधिमा कुनै सम्झौता हुँदैन: प्रहरी प्रमुख चतुर्बेदी

11 महीना पहिले प्रकाशित

 

ईन्द्र भुषण यादब 

जनकपुरधाम , भाद्र ४ गते 

मधेस प्रदेशमा अपराध नियन्त्रण लाई प्राथमिकतामा राख्दै प्रदेश प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्बेदीले अपराधका विषयमा कुनै पनि किसिमको सम्झौता वा लापरबाही नहुने बताएका छन्।

 

राष्ट्रिय आवाज सँगको विशेष कुराकानीमा उनले प्रदेशभित्र विभिन्न खालका आपराधिक गतिविधि, तस्करी, अवैध कारोवार तथा कानूनविपरीतका क्रियाकलाप विरुद्ध प्रहरी शून्य सहनशीलताको नीति सहित अघि बढिरहेको जानकारी दिए।

 

“प्रहरीलाई जनताको सुरक्षा र शान्ति कायम राख्ने जिम्मेवारी छ। अपराध गर्ने व्यक्ति वा समूहसँग मिलेमतो गर्ने वा सम्झौता गर्ने प्रश्नै आउँदैन। अपराध हुने बित्तिकै तत्काल ठाउँकै ठाउँमा कारबाही हुन्छ,” उनले दृढताका साथ भने।

 

चतुर्बेदीले जनताको विश्वास बिना प्रहरी प्रभावकारी नहुने उल्लेख गर्दै प्रहरी र समुदाय बीचको सहकार्यलाई अझ सुदृढ बनाउन विभिन्न अभियान सञ्चालन गरिएको बताए। उनले अवैध हतियार, लागुऔषध, तस्करी र हिंसात्मक गतिविधि नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए।

 

“हामीले मधेसलाई सुरक्षित, शान्त र कानूनी शासनमा आधारित प्रदेश बनाउन प्रतिबद्धता जनाएका छौं। त्यसका लागि अपराधी जेसुकै हैसियतको भए पनि कानुनको दायरा भित्र ल्याइन्छ,” चतुर्बेदीले भने।

 

उनको भनाइले मधेस प्रदेशमा अपराधविरुद्ध प्रहरीको कडा र दृढ भूमिकाको संकेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..