आपराधिक गतिविधिमा कुनै सम्झौता हुँदैन: प्रहरी प्रमुख चतुर्बेदी

1 वर्ष पहिले प्रकाशित

 

ईन्द्र भुषण यादब 

जनकपुरधाम , भाद्र ४ गते 

मधेस प्रदेशमा अपराध नियन्त्रण लाई प्राथमिकतामा राख्दै प्रदेश प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्बेदीले अपराधका विषयमा कुनै पनि किसिमको सम्झौता वा लापरबाही नहुने बताएका छन्।

 

राष्ट्रिय आवाज सँगको विशेष कुराकानीमा उनले प्रदेशभित्र विभिन्न खालका आपराधिक गतिविधि, तस्करी, अवैध कारोवार तथा कानूनविपरीतका क्रियाकलाप विरुद्ध प्रहरी शून्य सहनशीलताको नीति सहित अघि बढिरहेको जानकारी दिए।

 

“प्रहरीलाई जनताको सुरक्षा र शान्ति कायम राख्ने जिम्मेवारी छ। अपराध गर्ने व्यक्ति वा समूहसँग मिलेमतो गर्ने वा सम्झौता गर्ने प्रश्नै आउँदैन। अपराध हुने बित्तिकै तत्काल ठाउँकै ठाउँमा कारबाही हुन्छ,” उनले दृढताका साथ भने।

 

चतुर्बेदीले जनताको विश्वास बिना प्रहरी प्रभावकारी नहुने उल्लेख गर्दै प्रहरी र समुदाय बीचको सहकार्यलाई अझ सुदृढ बनाउन विभिन्न अभियान सञ्चालन गरिएको बताए। उनले अवैध हतियार, लागुऔषध, तस्करी र हिंसात्मक गतिविधि नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए।

 

“हामीले मधेसलाई सुरक्षित, शान्त र कानूनी शासनमा आधारित प्रदेश बनाउन प्रतिबद्धता जनाएका छौं। त्यसका लागि अपराधी जेसुकै हैसियतको भए पनि कानुनको दायरा भित्र ल्याइन्छ,” चतुर्बेदीले भने।

 

उनको भनाइले मधेस प्रदेशमा अपराधविरुद्ध प्रहरीको कडा र दृढ भूमिकाको संकेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..