जनकपुरधाममा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु

1 वर्ष पहिले प्रकाशित

 

 

माेनु गुप्ता 

जनकपुरधाम, साउन २९ गते

 प्राज्ञिक विद्यार्थी परिषद नेपाल, जनकपुर नगर इकाई समिति धनुषा द्वारा आयोजित जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास तालिम आज बाट जनकपुरधाममा सुरु भएको छ।

 

दुई दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन धनुषा जिल्लाका सहायक जिल्ला न्यायाधिवक्ता मिलन अधिकारीले गरेका हुन्। उनले भने, “आजको प्रतिस्पर्धात्मक युगमा शैक्षिक योग्यता मात्र पर्याप्त छैन, जीवनोपयोगी सीप र नेतृत्व क्षमता विद्यार्थीको अनिवार्य पहिचान हो।”

 

कार्यक्रममा परिषद्का राष्ट्रिय महासचिव दिनेश कार्कीले भने, “विद्यार्थीले आफ्नो व्यक्तित्व, बानी–व्यवहार र नेतृत्व क्षमता निरन्तर निखार्नुपर्छ। यस तालिमले त्यसमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

 

राष्ट्रिय सचिव अरूण प्रसाद कुशवाहाले सीप र शिष्टाचारले मात्र व्यक्ति समाजमा सम्मानित बन्ने बताए। त्यस्तै, राष्ट्रिय सम्पर्क प्रमुख विष्णु प्रसाद पंगेनीले भने, “परिषद सधैं विद्यार्थीको सर्वांगीण विकासका लागि प्रतिबद्ध छ, आगामी दिनमा यस्ता तालिम निरन्तर गर्नेमा प्रतिबद्ध छन।”

 

कार्यक्रम संयोजक सुश्री कञ्चन ठाकुरको संयोजनमा श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूप जनकपुरधाम–८ मा सुरु भएको तालिम श्रावण २९ र ३० गतेसम्म चल्नेछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..