गैरसरकारी संस्था महासंघको अभिमुखीकरण जनकपुरधाममा

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, साउन २८ गते

गैरसरकारी संस्था महासंघको रणनीति, नीति तथा मार्गनिर्देश सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण आज बुधबार जनकपुरधाममा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता मधेश प्रदेश अध्यक्ष राम बाबु साहले गरेका थिए भने प्रमुख अतिथि महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नानी मैयाँ थापा रहनु भएको थियो।

 

प्रमुख अतिथि नानी मैयाँ थापाले भनिन् “गैरसरकारी संस्थाहरूले जनताको अधिकार, पैरवी ,समानता र दिगो विकासका लक्ष्य प्रति आफ्नो प्रतिबद्धता अझ स्पष्ट र प्रभावकारी बनाउनुपर्छ। यसका लागि नीति निर्माणदेखि संगठनात्मक क्षमता अभिवृद्धि सम्मको काममा एकजुट भएर अघि बढ्न जरुरी छ।”

 

अध्यक्ष राम बाबु साहले भने — “प्रदेशस्तरमा नागरिक समाजका संस्थाहरूको समन्वय र सहकार्य बलियो बनाउने यो अभिमुखीकरण महत्वपूर्ण कदम हो। यसले हामीलाई साझा उद्देश्यतर्फ संगठित बनाउनेछ।”

 

कार्यक्रममा महासंघका रणनीतिक प्राथमिकता २०३० अन्तर्गत नीति निर्माण, नागरिक अधिकार, जनविश्वास, समानता, दिगो विकास लक्ष्य (SDG), संस्थागत क्षमता र साझेदारी सम्बन्धी विषयहरूमा प्रस्तुति तथा छलफल गरिएको थियो।

 

कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रिय सचिव राम चन्द्र साह, पूर्व सचिव वैद्यनाथ चौधरी लगायत विभिन्न जिल्ला बाट आएका प्रतिनिधिहरू, सरोकारवाला निकायका पदाधिकारी तथा सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..