बहुविवाह लाई कानुनी मान्यता दिने प्रस्तावको विरुद्धमा जनकपुरमा धर्ना

1 वर्ष पहिले प्रकाशित

 

इन्द्र भुषण यादब 

जनकपुरधाम, साउन २६ गते 

 

सरकारले मुलुकी अपराध संहिताको धारा १७५ संशोधन गर्दै बहुविवाह लाई विशेष अवस्थामा कानुनी मान्यता दिने प्रस्ताव ल्याएको विरोधमा देशभर आवाज उठिरहेको बेला जनकपुरधाममा पनि महिलाहरुले यसको विरुद्ध गरेका छन्।

 

महिला अधिकारका लागि दबाब युक्त समूहले आज जनकपुरधामाकाे जनक चाेकमा दुई घण्टासम्म शान्तिपूर्ण धर्ना दिइयो। महिलाहरूले “महिलामाथिको विभेद सहदैन”, “बहुविवाह प्रोत्साहन गर्ने कानुन चाहिंदैन”, “लैंगिक समानताको कुरा गर”, “संवैधानिक हक पुरा गर”, “बहुविवाह कानुन फिर्ता गर!” जस्ता नारासहित प्लेकार्ड बोकेर विरोध जनाएका थिए।

 

धर्नामा सहभागी महिला अधिकारकर्मीहरूले प्रस्तावित संशोधनले महिलामाथि हुने हिंसा, विभेद र शोषणलाई अझ बढावा दिने चेतावनी दिएका छन्। उनीहरूले यो प्रस्ताव तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। धर्नामा विभिन्न संघ सस्थाका,अधिकार कर्मि, नागरिक समाज, युवा तथा बुद्धिजीवी लगाईत अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..