जलवायु संकट समाधानका लागि कार्ययोजना आवश्यक : मन्त्री लेखी

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज समाचार दाता 

जनकपुरधाम, साउन १६ गते 

जलवायु परिवर्तन र जलस्रोत संकटले मधेश क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारिरहेका बेला ती समस्याको दीर्घकालीन समाधानका लागि प्रभावकारी कार्ययोजना आवश्यक रहेको मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले बताएका छन्।

 

शुक्रबार जनकपुरधाममा आयोजित “जलवायु परिवर्तन तथा जलस्रोत संकट प्रतिको प्रतिक्रिया योजना” विषयक अन्तर्क्रियात्मक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले भने, “जलवायु परिवर्तन अब दूरगामी कल्पना होइन, आजको यथार्थ हो। मधेशमा भूमिगत पानीको ह्रास, अनियमित वर्षा र तापक्रमको अत्यधिक वृद्धिले जनजीवन कष्टकर बन्दै गएको छ। अब शब्द होइन, कार्य योजना चाहिएको छ।”

 

उनले जलवायु परिवर्तनले सिर्जना गरेको संकटको असर कृषि, स्वास्थ्य, खाद्य सुरक्षा देखि मानव सुरक्षा सम्म पुगेको उल्लेख गर्दै सबै सरोकारवाला बीच सहकार्य आवश्यक रहेको बताए।

 

कार्यक्रममा जल, सिँचाइ, कृषि, स्वास्थ्य तथा वातावरण क्षेत्रका विज्ञ, सरोकारवाला निकाय, स्थानीय प्रतिनिधि , पत्रकार तथा नागरिक समाजको उपस्थिति थियो। सहभागीहरूले जलस्रोतको संरक्षण, वातावरणीय शिक्षा, र स्थानीय तहमा आधारित समाधान खोज्न सुझाव दिए।

छलफलका क्रममा प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको थियो कि मधेशमा भूगर्भीय पानीको स्तर तीव्रगतिमा घट्दै गएको, उच्च तापक्रमले बाली सुक्ने समस्या बढेको र यसले खाद्य उत्पादनमा प्रत्यक्ष असर पारेको छ। साथै, जलवायुजन्य रोगहरूको जोखिमसमेत बढ्दो छ।

मन्त्री लेखीले छलफलमा आएका सुझावहरूलाई कार्ययोजनामा समावेश गरी नीति निर्माणको प्रक्रियामा लैजाने प्रतिबद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..