नेपाललाई हिन्दू धार्मिक पर्यटनको विश्वस्तरीय गन्तव्य बनाउने बेला हो : अध्यक्ष यादव

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

सप्तरी, असार २९ गते 

सप्तरीको बोदे बरसाईनमा संघीय हिन्दू गणतंत्र स्थापनाका विषयमा आयोजित विशेष छलफल कार्यक्रममा राष्ट्रव्यापी बहसको सुरुवात गरिएको छ। राष्ट्रिय एकता अभियानद्वारा आयोजित कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपाललाई २०० करोड हिन्दूहरूको आस्थाको केन्द्रका रूपमा स्थापित गर्नुपर्ने बताए।

 

“नेपाल–भारत खुला सीमाका कारण मधेशको भूभागलाई जिहादी आतंककारीहरूले ‘सेल्टर’का रूपमा प्रयोग गरिरहेका छन्,” अध्यक्ष यादवले भने, “धर्मनिरपेक्षताको नाममा धार्मिक कट्टरपन्थी सोच फैलिँदै गएको छ। यस्तो अवस्था रोक्न संघीय हिन्दू गणतंत्र आवश्यक छ।”

 

उनले संघीय हिन्दू गणतंत्र स्थापनासँगै धार्मिक पर्यटन प्रवर्द्धन गरी देशको आर्थिक संकट समाधान गर्न सकिने दाबी गरे। “धार्मिक पर्यटनको सम्भावना अपार छ। २०० करोड हिन्दूहरूको भावना समेट्ने गरी नेपाललाई धार्मिक गन्तव्य बनाउने हो भने मुलुकको आर्थिक भविष्य उज्यालो हुन सक्छ,” यादवले भने।

 

कार्यक्रममा अभियानका उपाध्यक्ष तथा संविधानसभा सदस्य भूपेन्द्र चौधरी, दलित विभाग प्रमुख जितेन्द्र दासलगायत वक्ताहरूले सामाजिक समरसता र धार्मिक सहिष्णुताको सन्देश दिए। उनीहरूले राष्ट्रिय एकता अभियानको उद्देश्य धार्मिक सहअस्तित्व र आर्थिक समृद्धिसँग जोडिएको बताए।

 

कार्यक्रमको अध्यक्षता समाजसेवी मोहित यादवले गरेका थिए। समापन मन्तव्यमा उनले अभियानका लक्ष्यहरू प्राप्त गर्न समुदायस्तर बाट सहकार्य आवश्यक रहेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..