जनकपुरमा ‘जिहादी आतंकवाद र मधेश–नेपालको सुरक्षा चुनौती’ विषयक कार्यक्रम आयोजन

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, असार २५ गते

 

भारत–नेपाल खुला सीमाबाट हुने सम्भावित सुरक्षा चुनौतीबारे गम्भीर छलफल गर्ने उद्देश्यसहित जनकपुरधाममा ‘जिहादी आतंकवाद र मधेश–नेपालको सुरक्षा चुनौती’ शीर्षकमा विशेष कार्यक्रम सुरु भएको छ।

 

राष्ट्रिय एकता अभियान द्वारा आज बुधबार आयोजित सो कार्यक्रम जनकपुरस्थित एक सभा कक्षमा सुरु भएको हो। कार्यक्रमको उद्घाटन राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गर्नुभयो।

 

उद्घाटन मन्तव्यमा अध्यक्ष यादवले पाकिस्तान समर्थित आतंकी सञ्जालहरूले नेपाल–भारतको खुला सिमानाको दुरुपयोग गर्दै मधेशलाई ट्रान्जिट बनाउने प्रयास गरिरहेको गम्भीर दाबी गर्नुभयो। साथै, उहाँले नेपालमा चिनीया विस्तारवादको प्रभाव विस्तार भइरहेकामा चिन्ता व्यक्त गर्दै त्यसप्रति पनि सावधानी अपनाउन आग्रह गर्नुभयो।

 

कार्यक्रमका विशिष्ट अतिथि संविधानसभा सदस्य भूपेन्द्र चौधरीले राज्य संयन्त्र र सुरक्षासंस्थाहरू अझ सजग, चनाखो र सक्रिय बन्नुपर्ने औंल्याउनुभयो।

 

कार्यक्रममा अभियानका केन्द्रीय सदस्यहरू जितेन्द्र दास, मनीष पुर्वे, दीपू झा र पंकज झा लगायतको उपस्थिति थियो। वक्ताहरूले मधेशमा अस्थिरता सिर्जना गर्ने बाह्य शक्तिहरूको षड्यन्त्रप्रति सचेत रहन जनतालाई आग्रह गरे।

उनीहरूले सुरक्षा चेतनाको अभावका कारण मधेश संवेदनशील बन्दै गएको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा सुदृढीकरणका लागि जनस्तरमा बहस र सहभागिता आवश्यक रहेको बताए।

दुई दिने सो कार्यक्रममा भोलि विभिन्न क्षेत्रका बुद्धिजीवी, सुरक्षा विशेषज्ञ र सामाजिक अगुवाहरूले पनि आफ्ना धारणा राख्ने आयोजकले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..