ससुरा लाई चक्कु प्रहार गरी हत्या, फरार ज्वाइँ पक्राउ

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, असार २५ गते 

 

जनकपुरधाममा ससुरालाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा फरार ज्वाइँ पक्राउ परेका छन्।

 

धनुषा प्रहरीले आज गरेको पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार जनकपुरधाम उपमहानगरपालिका–१५ निवासी ६५ वर्षीय वासुदेव प्रसाद साहको हत्या अभियोगमा उनका ज्वाइँ बेचन महासेठ लाई पक्राउ गरी सार्वजनिक गरेको हो।

 

प्रहरीका अनुसार असार १८ गते लेनदेन विवादका कारण महासेठले ससुरामाथि चक्कु प्रहार गरेका थिए। घटनापछि उनी फरार थिए।

 

धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार घरेलु विवादका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनास्थलबाट प्रयोग भएको चक्कु र आरोपी चढेको प्रदेश ०२–००७ प. ९९३२ नम्बरको स्कूटर समेत बरामद गरिएको प्रहरीको भनाइ छ।

 

मृतककी पत्नी शैल देवीले दिएको किटानी जाहेरीका आधारमा मंगलबार महासेठ लाई खजुरी रेलवे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..