नेकपा एकीकृत समाजवादी धनुषामा नयाँ नेतृत्व चयन, अध्यक्षमा राज कुमार

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुर धाम, असार १८ गते 

 

नेकपा (एकीकृत समाजवादी) पार्टीको धनुषा जिल्ला कमिटीको सातौँ जिल्ला अधिवेशन बाट राजकुमार यादव सर्वसम्मत अध्यक्ष चयन भएका छन्।

 

जिल्ला अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शोभित महतो र सुर्य पुडासैनी लाई चयन गरेको छ भने सचिवमा रामनारायण साह चयन भएका छन्।

त्यसै गरी उप–सचिवमा बबी कुमारी महतो र सुशील कुमार मण्डल चयन भएका छन्। ७५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरिएको हो।

अधिवेशनमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता राम चन्द्र झा सहित शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संगठन सुदृढीकरण, आगामी निर्वाचन तयारी र जनतामाझ विश्वास बढाउने विषयमा व्यापक छलफल भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..