नेपालका जडिबुटीहरुमा पाइने औषधीय गुणको वैज्ञानिक अनुसन्धान हुने

5 वर्ष पहिले प्रकाशित

काठमाडौँ — नेपालका जडिबुटीहरुमा पाइने औषधीय गुणको वैज्ञानिक अनुसन्धान हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सहयोगमा रसायनशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले परम्परागत हिसाबले औषधिको रुपमा प्रयोग हुँदै आएका वनस्पतिहरुको औषधीय गुणको वैज्ञानिक अनुसन्धान गर्न लागेको हो ।

यससम्बन्धीको समझदारी पत्रमा एनएचआरसीका प्रमुख डा.प्रदीप ज्ञवाली र रसायनशास्त्र विभागका प्रमुख डा.रामचन्द्र बस्‍नेतले संयुक्त रुपमा हस्ताक्षार गरेका छन् ।

सम्झौताअनुसार औषधीय गुण भएका वनस्पतिहरुको पहिचान र संकलन गरी त्यसको जाँच गर्ने र राम्रो औषधीय गुण देखाएका वनस्पतिहरुको औ‍षधि विकासमा अनुसन्धान गर्ने सम्झौता भएको त्रिवि रसायनशास्त्र विभागका सह-प्राध्यापक डा.अच्युत अधिकारीले जानकारी दिए । हरेक वर्ष कामको प्रगतिको आधारमा रकम विनियोजना गर्ने समझदारी पत्रमा उल्लेख छ ।

प्राज्ञिक संस्थाहरुसँग सहकार्य गरेर सेन्टर फर एक्सिलेन्स निर्माणका लागि यो सहकार्यले सहयोग गर्ने एनएचआरसीका अनुसन्धानक प्रमुख डा.मेघनाध धिमालले इकान्तिपुरलाई बताए ।

'जडिबुटीमा धनी छौं तर सही सदुपयोग गर्न सकिरहेको छैनौं, तिनीहरुबाट के-के गुणाहरु रहेछ भन्ने जानकारी पत्ता लगाउन यो अनुसन्धानका लागि सहकार्य गरिएको हो,' धिमालले भने । यसबाट देशको आर्थिक उन्नति र विकास गर्न सकिन्छ भनेर पनि अनुसन्धान गर्न लागिएको धिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..