अन्तरप्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगिता वीरगञ्जमा सुरु

1 वर्ष पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज 

वीरगञ्ज, असार १५गते 

अन्तरप्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०८२ को उद्घाटन समारोह आज आईतबार वीरगञ्जमा सुरु भएको छ। प्रतियोगिता मधेश प्रदेश खेलकूद परिषद्को आयोजनामा सुरु गरिएको खेल तीन दिवसीय हुने छन।

 

समारोहको अध्यक्षता परिषद् सदस्य लभ अधिकारीले गरेका थिए भने प्रदेश खेलकूद परिषद्का सदस्य सचिव शिवजी प्रसाद गुप्ता प्रमुख अतिथि रहेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले प्रदेशस्तरीय प्रतियोगिताले भारोत्तोलन खेलको विकास र प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

 

प्रतियोगितामा विभिन्न प्रदेशका खेलाडीहरूले सहभागिता जनाएका छन्। कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन मधेश खेलकूद परिषद्ले गरेको हो।

 

खेलकूदमार्फत राष्ट्रिय एकता र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..