सामुदायिक शिक्षा धराशायी बन्दै, ‘स्थानीय नेतृत्व सक्रिय बनोस्’_ मुख्य मन्त्री

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

महोत्तरी , असर १० गते 

 

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली धराशायी बन्दै गएको बताउँदै सुधारको नेतृत्व अब स्थानीय तहले लिनुपर्नेमा जोड दिएका छन्।

 

मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभा लाई सम्बोधन गर्दै सिंहले सामुदायिक विद्यालयहरूमा विद्यार्थीको गिरती संख्या देखि लागूऔषध दुर्व्यसन सम्मको संकट गम्भीर बन्दै गएको उल्लेख गरे।

 

‘मधेशले देशभर शिक्षा, स्वास्थ्य र प्रविधिमा नेतृत्व दिएको इतिहास छ,’ उनले भने, ‘तर आज मधेशकै विद्यालयहरूमा गुणस्तर खस्किँदो छ। अब स्थानीय सरकारहरूको सक्रियता अपरिहार्य भएको छ।’

 

मुख्यमन्त्रीका अनुसार शिक्षक र अभिभावक दुवैको गैरजिम्मेवार व्यवहारले विद्यालय तहमा अध्ययनको गुणस्तरमा गिरावट आएको छ। उनले एक–अर्कामाथि दोष थोपर्ने प्रवृत्तिले शिक्षा क्षेत्रलाई गम्भीर असर पारेको बताए।

 

‘विद्यालयमै लागूऔषधको लहर देखिन थालेको छ,’ सिंहले भने, ‘यो केवल प्रशासनिक होइन, सामाजिक चुनौती हो, जसको सामना सामूहिक रूपमा गर्नुपर्छ।’

 

उनले निजी विद्यालयहरूलाई पनि आलोचनाको निशानामा राखे। उनका अनुसार मधेशका धेरै निजी विद्यालयहरू विद्यार्थीको समग्र विकास भन्दा पनि केवल प्रमाणपत्र वितरणमै सीमित छन्।

 

सिंहले शिक्षा क्षेत्रमा गुणात्मक सुधार ल्याउन स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

 

सभामा नगर प्रमुख प्रदीपकुमार खड्काले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड २७ लाख ७७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..