जनकपुरमा स्थानीय हुलाक प्रतिनिधि सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, असार ८ गते 

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत हुलाक सेवा विभागको हुलाक निर्देशनालय, धनुषाले जनकपुरधाममा स्थानीय हुलाक प्रतिनिधिहरू सँग अन्तरक्रिया कार्यक्रम आज आईतबार सम्पन्न गरेको छ।

 

जनकपुरधाम स्थित मानव स्रोत विकास तथा प्रविधि परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा हुलाक सेवा प्रवाहमा देखिएका समस्या, प्रविधिको प्रयोग तथा सुधारका उपायबारे विस्तृत छलफल गरिएको थियो।

 

कार्यक्रमको अध्यक्षता हुलाक निर्देशनालय, धनुषाका निर्देशक श्री लाल झाले गरेका थिए भने कार्यक्रममा धनुषा जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल प्रमुख अतिथिको रुपमा सहभागी थिए।रासस धनुषा प्रमुख सुरेश झाको विशेष उपस्थितिमा भएको थियो।

कार्यक्रममा बोल्दै निर्देशक झाले हुलाक सेवाको सुदृढीकरणका लागि स्थानीय तह सँग सहकार्य अत्यावश्यक रहेको बताउँदै प्रतिनिधिहरू बाट आएका सुझावलाई आगामी योजनामा समावेश गरिने स्पष्ट पारे। प्रमुख अतिथि मण्डलले हुलाक सेवा अझ प्रभावकारी बनाउन संरचनागत सुधार र सेवा द्रुत बनाउन डिजिटल प्रविधिको प्रयोगमा जोड दिनुपर्ने धारणा राखे।

 

कार्यक्रममा स्थानिय हुलाक कार्यालयका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले सेवा प्रवाहमा आउने अवरोध, जनशक्ति अभाव, प्रविधिको पहुँच, सामग्री ढुवानी प्रणाली र स्थानीय सरकारसँगको समन्वय बारे अनुभव साझा गरे।

 

अन्तरक्रियाको निष्कर्ष स्वरूप हुलाक सेवालाई स्थानीय तहमा अझ प्रभावकारी बनाउनका लागि प्रविधिमा आधारित सेवा विस्तार र नीतिगत सुधार आवश्यक रहेको सुझाव समेत दिइएको छ ।कार्यक्रम हुलाक निर्देशनालय, धनुषाको आयोजनामा सम्पन्न भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..