औरही–१ मा सकिना खातुनले सम्हालिन् कार्यवाहक अध्यक्षको भूमिका

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज,औरही (धनुषा)

धनुषा जिल्लाको औरही गाउँपालिका–१ मा सकिना खातुनले कार्यवाहक वडा अध्यक्षको रूपमा जिम्मेवारी सम्हालेकी छन्। वडा अध्यक्ष अशेश्वर यादव माथि भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भए सँगै उनी स्वतः निलम्बनमा परेका थिए।

 

निलम्बन पछि कानुनी प्रक्रिया अनुसार खातुनले कार्यवाहक वडा अध्यक्षको रूपमा पदभार ग्रहण गरेकी हुन्। गाउँपालिका कार्यालयका अनुसार खातुन विगत देखि नै स्थानीय शासनमा सक्रिय रहँदै आएकी छिन्। जनप्रतिनिधिका हैसियतले उनले विभिन्न विकास, सेवा तथा अनुगमनमा सहभागी हुँदै आएकी थिइन्।

“वडावासी जनताको सेवा प्रवाहमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले जिम्मेवारी दिइएको हो,” गाउँपालिका स्रोतले जानकारी दियो।

 

पदभार ग्रहण गरेसँगै खातुनले वडाबासीहरू सँग संवाद गर्दै आफू निरन्तर जनसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..