चरम गर्मीमा विद्युत् आपूर्तिमा चरम लापरवाही: जनजीवन कष्टकर, जनमत पार्टीको ध्यानाकर्षण

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

वीरगञ्ज, असार ६ गते 

पर्सा जिल्लामा गर्मीको तिव्रता उच्च हुँदै गर्दा लोडसेडिङ, कम भोल्टेज र अनियमित विद्युत् आपूर्तिले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ। यसबीच, जनमत पार्टी पर्सा जिल्ला समितिले नेपाल विद्युत् प्राधिकरणको लापरवाही प्रति चर्को असन्तुष्टि जनाउँदै तत्काल सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ।

 

पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सराफको नेतृत्वमा बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “विगत केही सातादेखि वीरगञ्ज लगायत पर्सा जिल्लाभरि विद्युत् आपूर्ति अत्यधिक अव्यवस्थित बनेको छ। बारम्बार लाइन काटिने, भोल्टेज अत्यधिक घट्ने र निश्चित तालिका विनाको लोडसेडिङले सर्वसाधारण, किसान तथा उद्योग धन्दा सबै प्रभावित भएका छन्।”

 

ध्यानाकर्षण पत्रमा थप उल्लेख छ, “सिँचाइको मुख्य सिजनमा किसानहरूले पम्पसेट चलाउन सकिरहेका छैनन्। धान रोपाइँ तथा अन्य खेतीपाती प्रभावित छन्। अर्कोतर्फ, साना तथा मझौला उद्योग व्यवसायसमेत अस्तव्यस्त बन्दै गएका छन्।

 

जनमत पार्टीले यस्तो अवस्था तुरुन्त अन्त्य गरी नियमित, स्थिर र भरपर्दो विद्युत् सेवा दिन नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ। पत्रमा चेतावनी दिइएको छ, “यदि समस्याको शीघ्र समाधान गरिएन भने जनमत पार्टी बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रिनेछ।”

 

यस पत्रको बोधार्थ नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय, काठमाडौंमा पनि पठाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..