नगवाका सक्रिय युवा नेता जनमत पार्टीमा प्रवेश

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

वीरगन्ज, असार ५ गते 

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ (नगवा) का सक्रिय सामाजिक युवा तथा नगवा युवा समाजका पूर्व अध्यक्ष किरण चौरसिया र अनिल यादवले आज जनमत पार्टीको औपचारिक सदस्यता ग्रहण गरेका छन्।

 

उनीहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका शीर्ष नेता सतिश कुमार सिंहले पार्टी प्रवेश गराउँदै बिधिवत रूपमा जनमत परिवारमा स्वागत गरेका हुन्।

 

पार्टी प्रवेशपछि नवप्रवेशी युवा नेताहरूले जनमत पार्टीको कौशल नेतृत्व, स्पष्ट कार्यदिशा र मुख्यमन्त्री सिंहको प्रभावशाली कार्यशैलीबाट प्रभावित भई पार्टीमा आबद्ध भएको बताएका छन्।

 

जनमत पार्टी मधेशको हक, अधिकार र समानताको लागि संघर्षरत पार्टी भएको उल्लेख गर्दै उनीहरूले अब पार्टीभित्रैबाट समावेशी विकास र न्यायको आन्दोलनमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रममा जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले नगवाजस्तो मधेश आन्दोलनको केन्द्रविन्दुमा सक्रिय युवाहरूको आगमनले पार्टी थप बलियो बन्ने धारणा राखे। साथै, उनले छिट्टै नगवामा बृहत् पार्टी प्रवेश अभियान सञ्चालन गर्ने योजना सार्वजनिक गरे।

 

कार्यक्रममा जिल्ला अध्यक्ष सर्राफसँगै महानगर अध्यक्ष महादेव शर्माको समेत उपस्थिति रहेको थियो। पार्टी प्रवेशमा युवाको चासो र सहभागिताले स्थानीय राजनीतिक समीकरणमा जनमत पार्टीको प्रभाव विस्तार भइरहेको संकेत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..