ऐतिहासिक तिरहुतिया गाछीमा वृक्षारोपण

1 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता,राष्ट्रिय आवाज

जनकपुरधाम, असार ४ गते 

 

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय नगरी जनकपुरधाम स्थित ऐतिहासिक तिरहुतिया गाछीमा वृक्षारोपण गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइमा ६२५ वटा विभिन्न जातका विरुवा रोपिएको हो।

 

रामायणकालीन इतिहास बोकेको यस तिरहितिया गाछीमा गाछीको कमी देखिएको भन्दै पर्यावरण संरक्षण तथा संवर्द्धनका लागि यो अभियान सुरु गरिएको नगरप्रमुख मनोजकुमार साहले जानकारी दिए। उनका अनुसार पिपल, बर, आँप, जामुन र पाखर जस्ता छायादार तथा फलदायक विरुवा रोपिएको छ।

 

“मेला, सभा, धार्मिक कार्यक्रम वा विश्राम गर्न आउने नागरिकलाई छायाँ प्रदान गर्ने उद्देश्यले वृक्षारोपण गरिएको हो,” मेयर साहले राष्ट्रिय आवाज सँग भने, “रामायणकालीन गाथालाई वर्तमान पुस्तासँग जोड्दै, पुरानो गाछीको स्वरूप फर्काउने प्रयास हो।”

 

उक्त क्षेत्रलाई बिहानको मर्निङ वाक, योग तथा खेलकुदको उपयुक्त स्थलका रूपमा विकास गर्ने लक्ष्य रहेको साहको भनाइ छ। उनले आगामी दिनमा जनकपुरधाम भर थप हजार विरुवा रोप्ने योजना रहेको र ‘हरित जनकपुर, सुन्दर जनकपुरधाम’ बनाउने लक्ष्यका साथ अभियान अघि बढाइने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..