समाज रूपान्तरणमा कलाकारको भूमिका महत्वपूर्ण : गृहमन्त्री लेखी

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

 जनकपुरधाम, असार १ गते 

 

मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीले समाज रूपान्तरणमा कलाकारहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

 

जनकपुरधाम स्थित मसाला होटलमा गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डद्वारा आयोजित “संस्थागत विकाससम्बन्धी संवाद कार्यक्रम”लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री लेखीले कलाकारहरूले समाजमा सकारात्मक सोच निर्माणमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए।

 

“लोकसंस्कृति र कला लोप हुँदै गएका बेला कलाकारहरूले प्रस्तुत गरेका रचनात्मक कार्यक्रमहरूले मेरो सोचमा समेत सकारात्मक परिवर्तन ल्याएको छ,” मन्त्री लेखीले भने, “राजनीतिककर्मी, सञ्चारकर्मी र विद्यार्थी जस्तै कलाकारको भूमिका समेत समाज रूपान्तरणमा उत्तिकै प्रभावकारी हुन्छ।”

 

गृहमन्त्री लेखीले मन्त्रालय सँग सीमित स्रोत र साधन रहेको स्वीकार गर्दै, संस्थाको कार्यसम्पादनको आधारमा आवश्यक स्रोतको व्यवस्था गर्न प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रम बोर्डका अध्यक्ष किशोर कुमार लेखीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न कलाकार, सञ्चारकर्मी, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..