हजरा खातुनको गुहार : “बस्न छानाको खोजी छ, न्यायको अपेक्षा”

1 वर्ष पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेष्ठ ३० गते 

 

महोत्तरीको बलवा नगरपालिका–४ स्थायी घर भएकी हजरा खातुनले आफू र छोराको लागि सुरक्षित आश्रयको माग गर्दै न्यायको गुहार गरेकी छन्। हाल मनरा सिसवा नगरपालिका–६ मा अस्थायी रूपमा बसोबास गरिरहेकी २३ वर्षीया हजराले विगत चार वर्षदेखि शारीरिक, मानसिक र सामाजिक हिंसा भोग्नुपरेको आरोप लगाएकी छन्।

 

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “छोरासहित सुरक्षित बस्नका लागि एउटा घरको आवश्यकता छ।”

 

हजरा र अली हुसैन नदाफ बीच २०५५ साल जेठ २२ गते मुस्लिम धार्मिक र सामाजिक परम्पराअनुसार विवाह भएको थियो। केही वर्ष सामान्य चलेको दाम्पत्य सम्बन्ध पछि चिसिँदै गएको र सासु जिवछी खातुन तथा नन्द अरविना खातुन बाट दाइजोको नाममा निरन्तर मानसिक र शारीरिक हिंसा भएको दाबी उनले गरिन्।

 

“ दाइजोको नाममा सासुले बारम्बार कुटपिट र गालीगलौज गरिन्,” हजरा भन्छिन्।

 

चार वर्षअघि श्रीमान वैदेशिक रोजगारीमा गएका बेला, आफूलाई सासु र नन्दले मिलेर घरबाट निकालेर माइती फर्कन बाध्य पारेको उनले आरोप लगाइन्।

 

छोरा मोहम्मद शहजान सहित हजरा हाल माइती पक्षको सहारामा छन्। उनले न्यायका लागि स्थानीय तहदेखि प्रशासन सम्म धाउन थालेको चार वर्ष पुग्न लाग्यो।

 

“न मेरो गल्ती छ, न छोराको। हामी बस्न पाउने अधिकार खोज्दैछौं,” उनले भनिन्।सामाजिक र कानुनी रुपमा न्याय दिलाउन सम्बन्धित सरोकारवाला निकाय लाई विनम्र आग्रह गरेकी छिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..