यदुकोहामा डल्फिन पाइप्स एण्ड फिटिङ्सको प्रविधिक भेटघाट कार्यक्रम सम्पन्न

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

शहिदनगर, धनुषा — जेष्ठ १९ गते

Dolphin Polyplast Industries Pvt. Ltd. (Dolphin Pipes and Fittings) को आयोजनामा धनुषा जिल्लाको शहिदनगर नगरपालिका–३ यदुकोहामा एकदिने प्रविधिक (टेक्निसियन) भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

 

कार्यक्रममा स्थानीय प्लम्बिङ पेशासँग आवद्ध प्रविधिकहरूलाई कम्पनीका उत्पादनहरूको गुणस्तर, प्रयोग विधि, नवीन प्रविधि र दीर्घकालीन प्रयोगक्षमता बारे विस्तृत जानकारी दिइयो। साथै, सहभागीहरूलाई व्यवहारिक तालिम समेत प्रदान गरिएको थियो।

 

कार्यक्रममा धनुषा तथा महोत्तरी जिल्लाका अधिकृत विक्रेता शिवम ट्रेडर्स, जनकपुरधामका निर्देशक अम्भु प्रसाद साह, कम्पनीका मार्केटिङ म्यानेजर केदार पोखरेल र मधेस प्रदेशका अधिकृत विक्रेता पि. पगरिया का सञ्चालक मिन्टु सिंह विशेष अतिथि रूपमा सहभागी थिए। कार्यक्रम नोबेल टाइल्स, यदुकोहाका अधिकृत विक्रेता तथा आयोजक प्रदिप साह र अमित साहको सहकार्यमा सम्पन्न भएको हो।

 

प्रशिक्षण सत्रमा कम्पनीका उत्पादनहरू — UPVC, CPVC पाइपहरू, र विभिन्न फिटिङ्ग सामग्री — को गुणस्तर, मर्मत प्रक्रिया, तथा उपयुक्त प्रयोग विधिबारे व्यावसायिक जानकारी प्रदान गरिएको थियो।

 

मार्केटिङ म्यानेजर केदार पोखरेल ले डल्फिन कम्पनीले विगतदेखि नै गुणस्तरीय र विश्वसनीय उत्पादनहरू बजारमा ल्याउँदै आएको उल्लेख गर्दै, प्राविधिकहरू सँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, शिवम ट्रेडर्सका निर्देशक अम्भु प्रसाद साहले यस्ता प्रविधिक अन्तरक्रिया कार्यक्रमले व्यवसायिक सफलता र ग्राहक सन्तुष्टिमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..