कृषि प्राविधिकको क्षमता अभिवृद्धि तालिम सम्पन्न

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

बर्दिबास,महोत्तरी , जेष्ठ १९ गते

 जलवायु परिवर्तन र लैङ्गिक उत्तरदायी कृषि अभ्यास सम्बन्धी दुई दिने तालिम महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ। तालिम संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) को सहयोगमा सञ्चालित ‘नेपालमा बाढी प्रभावित घरपरिवारको कृषि पुनर्स्थापना र सहनशीलता प्रवर्द्धन परियोजना अन्तर्गत आयोजना गरिएको हो।

 

मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा सञ्चालित तालिममा रौतहट र सप्तरीका चार स्थानीय तहबाट सहभागी कृषि प्राविधिकहरूलाई लक्षित गरिएको थियो।

 

FAO का मधेस प्रदेश संयोजक विवेक आचार्यका अनुसार तालिमको उद्देश्य स्थानीय तह तथा कृषि ज्ञान केन्द्रमा कार्यरत प्राविधिकको जलवायु उत्थानशील र लैङ्गिक उत्तरदायी कृषि योजना बनाउने तथा विपद् जोखिम व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि गर्नु हो।

 

बर्दिवासमा आयोजित कार्यक्रममा कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका प्रमुख रोशन कुमार मेहताले अध्यक्षता गरेका थिए। तालिममा विशेषज्ञ तथा प्रशिक्षक कृष्ण सापकोटाले सहभागीहरूलाई जलवायु अनुकूल कृषि अभ्यास र लैङ्गिक समावेशीताका विषयमा प्रशिक्षण दिएका थिए।

 

तालिम समापन कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालको उपस्थिति थियो। उनले FAO को सहकार्यमा सञ्चालित यस्ता तालिमहरूले प्राविधिकहरूको सीप अभिवृद्धिमा टेवा पुग्ने भन्दै आगामी दिनमा मन्त्रालयले थप यस्ता कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।

 

सचिव दाहालका अनुसार मन्त्रालयले चालु आर्थिक वर्षमा कृषि विद्युतीकरण, कृषि बीमा, महिला कृषि स्वयंसेविका परिचालन, र मौसम पुर्वानुमान प्रणालीलाई प्राथमिकतामा राखेको छ। यस्ता कार्यक्रम साना तथा मध्यम किसानलाई लक्षित गरी सञ्चालन गरिने मन्त्रालयको योजना छ।

तालिममा मधेस प्रदेशका विभिन्न कृषि ज्ञान केन्द्र, स्थानीय तह र अन्य प्राविधिकहरूको सहभागिता

रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..