विपद् व्यवस्थापन अभ्यासमा मुख्यमन्त्री सिंह र गृहमन्त्री लेखीको सहभागिता

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज ,जेष्ठ १९ गते

नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टर बर्दिवास द्वारा आयोजित ‘विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी हातेमालो–सातौँ संस्करण (२०८२) अभ्यास कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री माननीय सतीश कुमार सिंह र गृह, सञ्चार तथा कानुनमन्त्री माननीय राजकुमार लेखीको विशेष सहभागिता रहेको छ।

 

सोमबार रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित नुनथरको बागमती नदी किनारमा आयोजित अभ्यासमा नेपाली सेनाले विपद् प्रतिकार्यको विविध अभ्यास प्रदर्शन गरेको थियो।

 

कार्यक्रममा मुख्यमन्त्री सिंहले सेनाको प्रयासको प्रशंसा गर्दै भने, “सीमित स्रोत–साधनमा पनि नेपाली सेनाले विपद् व्यवस्थापन र नागरिक सुरक्षामा उल्लेखनीय कार्य गरिरहेको छ।

 

गृह, सञ्चार तथा कानुनमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखीले भने, “हाम्रो मन्त्रालयको जिम्मेवारी अत्यन्तै संवेदनशील छ। तर बजेट अत्यन्त न्यून छ, जुन चिन्ताको विषय हो।”

 

उनले विपद् व्यवस्थापन, प्रतिकार्य, शान्ति सुरक्षा र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गरे। गृहमन्त्री लेखीले थपे, “बाढी, पहिरो, आगलागी, भूक्षय र डुवानले हरेक वर्ष जनधनको ठूलो क्षति पुर्‍याइरहेका छन्। यस्ता विपद्हरू लाई प्रभावकारी व्यवस्थापन गर्न आजको अभ्यास महत्वपूर्ण छ।”

 

यस किसिमको संयुक्त अभ्यासले विपद् प्रतिकार्यमा संघ–प्रदेश सरकार, सेना, प्रहरी तथा स्थानीय तहबीच समन्वय र साझा उत्तरदायित्व लाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..