धार्मिक नगरी जनकपुरधामको मुटुमा अव्यवस्थाको सन्त्रास शिक्षा मन्त्रालय अगाडिको क्षेत्र माछा–मासु, दारुका टहराले भरिएको, फोहोरमैला व्यवस्थापनमा राज्य मौन

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुर धाम, जेष्ठ १९ गते

 धार्मिक, सांस्कृतिक र ऐतिहासिक सहरको रूपमा परिचित जनकपुरधामको केन्द्र भागमै रहेको शिक्षा तथा सँस्कृति मन्त्रालय अगाडिको क्षेत्र यतिबेला चरम अव्यवस्थाको चपेटामा परेको छ। दिनहुँजसो अस्थायी टहरा ठड्याएर माछा, मासु र मदिरा बिक्री वितरण गर्ने क्रम बढ्दो छ। नगर परिक्रमा क्षेत्रभित्रकै यो दृश्यले सहरको गरिमा र आस्थालाई गम्भीर चोट पुर्‍याइरहेको छ।

 

शिक्षा मन्त्रालयको बाहिरी पर्खालमा सुन्दर मिथिला चित्रकलाले सहरको सांस्कृतिक वैभव देखाउने प्रयास गरे पनि त्यही क्षेत्रको अपोजिट भाग भने फोहोर, दुर्गन्ध र अव्यवस्थित टहराले ढाकिएको छ। स्थानीय प्रशासनको आँखै अगाडि यस्तो बेथिति भइरहँदा पनि सम्बन्धित निकाय मौन छ।

 

सहरको मुटुमा रहेको यस्तो खाली जग्गा वृक्षारोपण र सौन्दर्यकरण गरेर व्यवस्थित खुला स्थानको रूपमा विकास गर्न सकिने सम्भावना प्रशस्त छ। तर योजनाको अभाव, लापरवाही र कार्यान्वयनको कमजोर इच्छाशक्तिका कारण यो सम्भावना केवल कागजमै सीमित भएको देखिन्छ।

 

नगरको यति संवेदनशील क्षेत्रमै यदि यस्तो अवस्था छ भने शहरको अन्य भेगको अवस्था अनुमान गर्न कठिन छैन। धार्मिक महत्वका दृष्टिले समेत जनकपुरधाम नेपालको विशेष सम्पदा हो। त्यसैले यसको स्वच्छता, सौन्दर्य र व्यवस्थापनमा राज्यको विशेष ध्यान पुग्न जरुरी देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..