पिपललाई मधेशको राजकीय वृक्ष घोषण गर्नुपर्ने माग

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेठ १४ गते 

जैविक विविधता र सांस्कृतिक महत्व बोकेको पिपल वृक्षलाई मधेश प्रदेशको राजकीय वृक्ष घोषणा गर्नुपर्ने माग उठेको छ। जसपा, नेपालका समाजवादी नेता तथा प्रदेशसभा सदस्य राम आशिष यादवले पिपलको आध्यात्मिक, वैज्ञानिक र वातावरणीय महत्वका कारण यसलाई "देव वृक्ष" मानेर मधेश प्रदेशको राजकीय वृक्ष बनाउनुपर्ने प्रस्ताव अघि सारेका हुन्।

 

जनकपुरधामको होटल वेलकममा आयोजित ‘प्रादेशिक वृक्ष घोषणा सिफारिस’ अन्तरक्रिया गोष्ठीमा बोल्दै सांसद यादवले चुरे क्षेत्रको विनाशमा राज्यकै संलग्नता रहेको आरोप लगाए। उनले चुरे क्षेत्रमा अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई व्यवस्थापन नगरी अस्पताल, विद्यालय, मेडिकल कलेज जस्ता पूर्वाधार निर्माण र लालपुर्जा वितरण गरिँदै आएको बताए। “चुरे जोगाउन राज्य गम्भीर देखिँदैन,” यादवले भने, “तर विनाश गर्न भने राज्य अग्रसर छ।”

कार्यक्रम प्रदेश वन निर्देशनालय, मधेश प्रदेशको आयोजनामा भएको हो। प्रमुख अतिथि नव वन तथा वातावरण मन्त्री संजय कुमार यादव र कार्यक्रम अध्यक्ष निर्देशक जगरनाथ जयसबाल थिए। कार्यक्रममा प्राकृतिक स्रोत तथा वातावरण समिति सभापति शारदा दास पहाडी, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिश पटेल, वन विज्ञ गणेश राय र वन प्राविधिक समाजका संस्थापक अध्यक्ष राम स्वार्थ साह लगायतका वक्ताहरूले पिपल वृक्षको संरक्षण र राजकीय मान्यता सम्बन्धमा आफ्ना विचार व्यक्त गरे।

कार्यक्रमको संचालन पर्यावरण अभियन्ता वृक्ष मानव सुरेश शर्माले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..