वीरगंजस्थित भारतीय दूतावासको अगुवाइमा पोखरियामा योग अभ्यास भव्य रूपमा मनाइयो

1 वर्ष पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज 

पोखरिया, पर्सा – जेष्ठ १३ गते 

११ औं अन्तर्राष्ट्रिय योग दिवसको प्रचार प्रसार गर्न वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको अगुवाइमा पर्सा जिल्लाको पोखरिया नगरपालिकामा योग कार्यक्रम आयोजना गरेका थिए। पोखरिया नगरपालिकाको सहकार्यमा र जिल्ला उच्छाहल रामदेव कलवार माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रमले शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्य लिएको थियो।

 

कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रदुम्न प्रसाद चौहान प्रमुख अतिथिका रूपमा सहभागी भए। पूर्व मेयर दीप नारायण चौधरी, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाजका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा नगरपालिकाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

भारतीय उपमहावाणिज्यदूत श्री देवी सहाय मीनाले दैनिक जीवनमा योग अभ्यासको महत्वमाथि प्रकाश पार्दै ‘एक पृथ्वी, एक स्वास्थ्य’ भन्ने सन्देशलाई यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको मुख्य नारा भएको उल्लेख गरिन्। योगले शारीरिक तन्दुरुस्ती र मानसिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

 

मेयर चौहानले आफ्नो मन्तव्यमा मानव जीवनमा योगको आवश्यकता झल्काउँदै प्रत्येक घरमा योग अभ्यास सुरु गर्नुपर्ने धारणा राखे। "शारीरिक स्वास्थ्य बनाउने र मानसिक सन्तुलन कायम राख्ने सबैभन्दा सहज उपाय योग हो", उनले भने।

 

उक्त कार्यक्रमलाई २५० भन्दा बढी सहभागीहरूले उत्साहपूर्वक साथ दिएका थिए। कार्यक्रमका सहभागीहरूले योगको अभ्यास गर्दै यसको लाभ बारे जानकारी लिए। आयोजकहरूले कार्यक्रमलाई सफल बनाउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..