कमला नदी किनारमा रामेश्वर आर्यघाटको शिलान्यास

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम , जेष्ठ १३ गते— जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले धनुषा क्षेत्र एक अन्तर्गत सबैला नगरपालिका–१३ स्थित सिताघाट (ढोलबज्जा) मा रामेश्वर आर्यघाटको शिलान्यास गरेका छन्। कमला नदी किनारमा दाहसंस्कारका लागि सुविधासम्पन्न आर्यघाट निर्माण गर्न मधेश प्रदेश सरकारको ५० लाख रुपैयाँको लगानीमा यो कार्य सुरु भएको हो।

 

यस क्षेत्रका नागरिकहरू – विशेषगरी सबैला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाका बासिन्दा – सिताघाटमा दाहसंस्कारका लागि जाने गर्छन्। नयाँ आर्यघाट निर्माणसँगै स्थानीयवासीलाई सहजता पुग्ने वडा सदस्य दिप दनुवारले बताए।

 

शिलान्यास समारोहमा नेता साहलाई स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, सुरक्षाकर्मी तथा पार्टीका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै बीपी साहले प्रदेश सरकारसँग थप बजेट माग गरेर आर्यघाट लाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।

 

उनका अनुसार, प्रत्येक वर्ष यही घाटमा लाग्ने ‘भूत मेला’ (देव मेला) लाई समेत ध्यानमा राख्दै यस स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रयास गरिनेछ। साथै, उनले जग्गा दाताहरू प्रति आभार व्यक्त गर्दै समग्र विकास निर्माणका काममा सबै राजनीतिक दलका नेता र सर्वसाधारणलाई साथ दिन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..