चुरे संरक्षणमा वनमन्त्री लाई चुरे बचाउ अभियान द्वारा ध्यानाकर्षण

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, जेठ १२ गते

 

मधेश प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री संजय यादवलाई चुरे क्षेत्रको संरक्षण सम्बन्धमा ‘चुरे बचाउ अभियान नेपाल’ले ध्यानाकर्षण गराउँदै विभागीय अनियमितता र चुरे विनाश बारे छानबिन तथा सुधारको माग गरेको छ। अभियानले मन्त्रीसँग सकारात्मक भेटवार्ता भएको जनाएको छ भने, एक साताभित्र सत्य–तथ्य सार्वजनिक नभए आन्दोलनको चेतावनी दिएको छ।

 

अभियानका अध्यक्ष सुनिल कुमार यादवका अनुसार, चुरे क्षेत्रमा भइरहेको अवैध दोहन, वन फडानी, बजारीकरणको नाममा भइरहेको दुरुपयोग, र रौतहट डिभिजन वन कार्यालय अन्तर्गतका गतिविधिहरूले चुरे संरक्षणमा गम्भीर चुनौती खडा गरेको छ। “मन्त्रीसँग चुरे क्षेत्रको दीर्घकालीन संरक्षण, नीति सुधार, र विभागीय पारदर्शिता सम्बन्धमा गम्भीर छलफल भएको छ,” यादवले भने, “उहाँको धारणा सकारात्मक देखियो, तर व्यवहारमा कति लाग्नुहुन्छ भन्ने अब हेर्न बाँकी छ।”

 

रौतहट डिभिजन वन कार्यालय प्रमुख हेमन्त साहको कार्यकालमा देखिएका गतिविधिहरूमा पनि प्रश्न उठाउँदै अभियानले निष्पक्ष छानबिनको माग गरेको छ। “यदि सत्य–तथ्य चाँडै सार्वजनिक भएन भने अभियानले एक सातापछि संघर्षका कार्यक्रम सार्वजनिक गर्नेछ,” अध्यक्ष यादवले स्पष्ट पारे, “हामी सत्यको पक्षमा छौं, चुरे जोगाउन आवश्यक परे सडकमा पनि जान तयार छौं।”

 

चुरे क्षेत्र मधेश प्रदेशको पर्यावरणीय सन्तुलनका लागि अति संवेदनशील मानिन्छ। पछिल्लो दशकमा यहाँ अवैध क्रसर सञ्चालन, दोहन र अतिक्रमणले जैविक विविधता, जलस्रोत तथा माटोको क्षरण जस्ता समस्यालाई तीव्र बनाएको छ। वातावरणविद्हरूको चेतावनी छ—यदि तत्काल सुधार र प्रभावकारी नीति लागु नगरिएमा चुरे क्षेत्र मरुभूमिकरणतर्फ जान सक्ने खतरा छ।

 

अभियानले सरकारसँग चुरे संरक्षणका लागि स्पष्ट नीति निर्माण, वनजन्य स्रोतहरूको दिगो उपयोग, स्थानीय सहभागिता र भ्रष्टाचारमुक्त प्रशासनको माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..