‘हामी उप हौँ, चुप होइनौं’

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेष्ठ ११ गते 

संघीयता कार्यान्वयनमा ढिलाइ, प्रदेश सरकारको कार्यशैली र अधिकार सवलीकरण प्रति स्थानीय तहका प्रमुख र उप प्रमुखहरूले आक्रोश पोखेका छन्।

 

राष्ट्रियसभा सदस्यहरू सँग साक्षात्कारको सिलसिलामा जनकपुरधाममा आयोजित समन्वय बैठकमा उनीहरूले संघीय प्रणालीमाथि नै प्रश्न उठाउने गरी गुनासा र असन्तुष्टि व्यक्त गरे।

 

बौद्धीमाई नगरपालिकाका प्रमुख प्रदीप यादवले बेथिती, कुरीति, भ्रस्टचार , बढेकोले संघीयता धरापमा परेको दाबी गर्दै भने, “अब पनि यही अवस्था रह्यो भने संघीयता टिक्नेवाला छैन।” लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले त प्रदेशको संरचना नै हटाउनुपर्ने बताए।

 

बैठकमा उपप्रमुखहरूले पनि खुलेर बोले। मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंहले भनिन्, “मेयरहरूले उप प्रमुखलाई दिएको बजेट आफूले दिएको जस्तो गर्छन्। के त्यो उहाँहरूको व्यक्तिगत पैसा हो?”

शहीदनगर नगरपालिकाकी उपप्रमुख सुनिता सिंहले थपिन्, “हामी उप हौँ, चुप होइनौं। अस्तित्व स्वीकार्न नसके जिम्मेवारी पनि सम्हाल्न तयार हुनुहोस्।”

 

राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गानाको अध्यक्षतामा भएको बैठकमा ८ मध्ये ७ सांसद सहभागी थिए। ढुङ्गानाले उठेका गुनासा र सुझाव गम्भीर रूपमा लिइने बताउँदै वर्षमा दुईपटक स्थानीय तहसँग समन्वय बैठक गरिने प्रतिबद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..