मृतक आशु यादवको परिवारलाई समाजसेवी संस्था द्वारा आर्थिक सहयोग

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेठ ११ गते 

 

जनकपुरधाम–२३ निवासी आशु यादवको असामयिक निधनपछि संकटमा परेका परिवारलाई सहयोग गर्न श्री हरि मानव कल्याण मञ्च, जनकपुरधाम–२४ बसहियाले आर्थिक तथा मानवीय सहयोगको अपिल गरेको छ।

 

दुःखमा परेका लाई मानवता भावले संस्थाले रू २१,५०० पीडित परिवारलाई हस्तान्तरण गरेको छ। घरको एक मात्र छोराको हत्या पछि परिवारमा अहिले पनि शोकको माहुल रहेको अवस्थामा यादव परिवारलाई गहिरो आर्थिक भार परेको भन्दै संस्थाले थप सहयोगका लागि सबैमा आग्रह गरेको हो।

 

संस्थाका अध्यक्ष दीपक श्रेष्ठ मण्डलले सहयोग गर्न इच्छुक व्यक्ति, संघसंस्था तथा सामाजिक अभियन्ताहरू सँग अपिल गर्दै यस्तो कठिन समयमा सानो सहयोगले पनि ठूलो राहत मिल्ने बताए।

 

"मानवता र सहानुभूतिका भावनाबाट प्रेरित भई अघि बढेको हाम्रो सानो प्रयास पीडित परिवारका लागि राहत बन्न सकोस्," अध्यक्ष मण्डलले भने।संस्थाले यस्ता सामाजिक कार्य मार्फत समुदायमा सकारात्मक सोच र सहयोगको भावना फैलिने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..