अंशु यादव हत्या प्रकरणमा दोषीमाथि कारबाहीको माग गर्दै तेस्रोलिङ्गी समाजद्वारा चरणबद्ध आन्दोलनको घोषणा

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

 जनकपुरधाम, जेष्ठ १० गते

 

अंशु यादव हत्या काण्डका दोषीहरू लाई कडा कारबाहीको माग गर्दै तेस्रोलिङ्गी समुदायले चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।

 

समुदायका प्रतिनिधि तथा सुनौलो बिहानी समाजकी अध्यक्ष हिर सिंहका अनुसार, हत्या प्रकरणमा संलग्न व्यक्तिहरूलाई अहिलेसम्म कानुनी दायरामा ल्याउन सरकार असफल भएको छ। यसैले अब आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरिएको हो।

 

आन्दोलनको दोस्रो चरण अन्तर्गत आगामी जेष्ठ ११ गते (आईतबार) जनकपुरमा तेस्रोलिङ्गी समुदायद्वारा सशक्त प्रदर्शन तथा विरोध कार्यक्रम आयोजना गरिने घोषणा गरिएको छ।

 

अध्यक्ष सिंहले भनिन्, “न्याय नपाइएसम्म हामी चुप लाग्दैनौं। अंशु यादवप्रति भएको अन्यायको प्रतिकारका लागि तेस्रोलिङ्गी समाज अब सडकमा उत्रन्छ।”

 

उनीहरूले न्यायको पक्षमा सबै नागरिक, मानव अधिकारकर्मी तथा सरोकारवालाहरू लाई समर्थन जनाउन आह्वान गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..