मधेस प्रदेश लोकसेवा आयोग अध्यक्ष सँग स्वतन्त्र राष्ट्रसेवक संगठनको भेट, क्यालेन्डर वितरण

1 वर्ष पहिले प्रकाशित

 

माेनु गुप्ता / राष्ट्रिय आवाज 

जनकपुरधाम, जेठ ९ — स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेस प्रदेश कार्यसमितिका पदाधिकारीहरूले मधेस प्रदेश लोकसेवा आयोगका अध्यक्ष माननीय शिवराम यादव सँग भेट गरी २०८२ सालको क्यालेन्डर वितरण गरेका छन्। सो अवसरमा संगठनले स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरूको हकहित, वृतिविकास तथा स्तरवृद्धिका विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ।

 

संगठनले धेरै पालिकाले हालसम्म सम्बन्धित सूचना प्रकाशन नगरेको भन्दै प्रक्रियालाई प्रभावकारी बनाउन आयोगको भूमिकाको अपेक्षा गरेको थियो। विविध विषयमा भएको संवादका क्रममा अध्यक्ष यादवले उठाइएका मुद्दाहरू प्रति गम्भीरता र संवेदनशीलताका साथ विचार गर्दै "कानूनअनुसार मेरो सम्पूर्ण प्रयास जारी रहनेछ," भन्ने आश्वासन दिनुभयो।

 

प्रतिनिधिमण्डलको नेतृत्व संगठनका केन्द्रिय सचिव तथा मधेस प्रदेश महासचिव सुरेश कुमार रोहिताले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..