मधेस प्रदेश लोकसेवा आयोग अध्यक्ष सँग स्वतन्त्र राष्ट्रसेवक संगठनको भेट, क्यालेन्डर वितरण

1 वर्ष पहिले प्रकाशित

 

माेनु गुप्ता / राष्ट्रिय आवाज 

जनकपुरधाम, जेठ ९ — स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेस प्रदेश कार्यसमितिका पदाधिकारीहरूले मधेस प्रदेश लोकसेवा आयोगका अध्यक्ष माननीय शिवराम यादव सँग भेट गरी २०८२ सालको क्यालेन्डर वितरण गरेका छन्। सो अवसरमा संगठनले स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरूको हकहित, वृतिविकास तथा स्तरवृद्धिका विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ।

 

संगठनले धेरै पालिकाले हालसम्म सम्बन्धित सूचना प्रकाशन नगरेको भन्दै प्रक्रियालाई प्रभावकारी बनाउन आयोगको भूमिकाको अपेक्षा गरेको थियो। विविध विषयमा भएको संवादका क्रममा अध्यक्ष यादवले उठाइएका मुद्दाहरू प्रति गम्भीरता र संवेदनशीलताका साथ विचार गर्दै "कानूनअनुसार मेरो सम्पूर्ण प्रयास जारी रहनेछ," भन्ने आश्वासन दिनुभयो।

 

प्रतिनिधिमण्डलको नेतृत्व संगठनका केन्द्रिय सचिव तथा मधेस प्रदेश महासचिव सुरेश कुमार रोहिताले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..