नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज

 जनकपुर धाम, जेष्ठ ९ गते

 सभामुख रामचन्द्र मण्डलका सल्लाहकार लक्ष्मीनारायण यादवलाई २ सय २ फराकिलो मतान्तरले पराजित गर्दै भोला यादव एमाले धनुषाको ८ औं अध्यक्षको रुपमा निर्वाचित हुनुभएको हो ।

 

त्यसै गरी उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दिपन ठाकुर, उपसचिवमा सविन थापा र महिला उपसचिवमा रुका मिश्र विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

 

निर्वाचित सबै नेकपा एमालेका केन्द्रीय सचिव रघुविर महासेठ प्यानलको रहेको जनाइएको छ । अधिवेशन मतदानका लागि कुल ६ सय २८ मध्ये ६ सय १५ जना प्रतिनिधिले मतदान गरेका थिए ।

 

८ औं जिल्ला अधिवेशनको क्रममा दुई समूह बीच कुटाकुट भएपछि ७ गते बुधबार निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..