दुधमती नदी किनारमा वृक्षारोपण

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम — जेठ ८ गते 

 

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा जनकपुरधामको दुधमती नदी किनारमा वृक्षारोपण गरिएको छ। डिभिजन वन कार्यालय धनुषा र दुधमती नदी सरोकार समाजको संयुक्त आयोजनामा आज बिहीबार धार्मिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने नदी किनार क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।

 

कार्यक्रममा डिभिजन वन अधिकृत विनोद सिंह र वन अधिकृत सुरेश शर्माले जैविक विविधता संरक्षणको महत्त्वबारे धारणा राखेका थिए।

 

वृक्षारोपण कार्यक्रममा जनकपुर उपमहानगरपालिका–१७ का वडाध्यक्ष विमलेश मिश्र, दुधमती सरोकार समाजका पदाधिकारी र अभियानी, एकल श्रीहरि नेपालका अध्यक्ष बकमचन्द सरल, भारत–नेपालका सह–सञ्चालक खेमानन्द सापकोटा, होटल वेलकमका सञ्चालक विजय झुनझुनवला, वन अधिकृत अनिल साह, नागेश्वर यादवलगायतको उपस्थिति थियो।

 

कार्यक्रममा बोल्ने वक्ताहरुले दुधमती नदीको संरक्षण, सरसफाइ र हरियाली विस्तारका लागि स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..