अम्बेडकर पार्क शिलान्यास स्थलमै निर्माण गर्न माग

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, ७ जेठ

 

चमार समुदायका विभिन्न संघ–संस्था तथा अगुवाहरूले सिरहाको लहानस्थित अम्बेडकर पार्कको शिलान्यास गरिएको स्थानमै सो पार्क निर्माण गर्न माग गरेका छन्।

 

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले सलहेस फुलबारी नजिकै १० धुर जग्गामा दलित नेता डा. भीमराव अम्बेडकरको नाममा स्थापना गर्न लागिएको पार्क शिलान्यास स्थलमै निर्माण गर्न आग्रह गरेका हुन्।

 

ज्ञापनपत्रमा जग्गा अपुग भए चमार समुदायका डा. काशीन्द्र महरा चमारले दुई कट्ठा जग्गा थप दिने घोषणा गरिएको छ।

 

"पासवान समुदायका केही नेताहरूको आपत्तिका कारण बहुसंख्यक दलितहरूको आवाज दबाउने छुट कसैलाई छैन," ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

 

पार्कमा डा. अम्बेडकरसँगै रविदास, दीनाभद्री (मुसहर समुदाय) र राजा सलहेसको प्रतिमा पनि राखिनुपर्ने उनीहरूको माग छ। प्रदेश सरकारले निर्माण नगरे व्यक्तिगत चन्दा संकलनमार्फत भए पनि पार्क बनाउने चेतावनीसमेत ज्ञापनपत्रमा दिइएको छ।

 

ज्ञापनपत्रमा दलित समुदायसँग सम्बन्धित थप आठवटा माग पनि समावेश छन्। ज्ञापनमा चमार कल्याण समाज नेपालका राष्ट्रिय अध्यक्ष दिनेश चमार लगायतका अगुवाहरूले हस्ताक्षर गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..