मुसहर महिलामध्ये अझै ३०–४० प्रतिशत नागरिकताविहीन : मुख्यमन्त्री सिंह शिक्षा र नागरिकताको विषयमा जोड

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेष्ठ ६ गते 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुसहर समुदायमा अझै पनि ३०–४० प्रतिशत महिलाहरू नागरिकता विहीन रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

जनकपुरधाम स्थित मण्डल कुटीमा आयोजित ऋषिवंश एकता सेवा समाज नेपालको छैठौं साधारणसभा तथा वार्षिक समीक्षा कार्यक्रममा उद्घाटन मन्तव्य दिंदै उनले नागरिकता नहुनुका कारण समुदाय शिक्षा, स्वास्थ्य र रोजगारीका मौलिक अधिकारबाट वञ्चित भइरहेको बताए।

 

“जबसम्म दलित समुदाय शिक्षा बाट वञ्चित रहन्छ, तबसम्म उनीहरू आफ्ना हक–अधिकारका लागि लड्न सक्दैनन्,” उनले भने, “शिक्षा नै सशक्तीकरणको मूल आधार हो। अबको आन्दोलन कलम र किताबको हुनुपर्छ।”

मुख्यमन्त्री सिंहले मुसहर अभिभावकहरूलाई आफ्ना बालबालिकालाई कम्तीमा एसएलसीसम्म पढाउन र छोरा–छोरीको विवाह २० वर्ष पुगेपछि मात्र गराउन आग्रह गरे।

 

कार्यक्रममा मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, हंसपुरका पूर्वमेयर रामज्ञान मण्डल, समाजसेवी चन्देश्वर सादा लगायतले संस्थाको कामको प्रशंसा गर्दै यसले समुदायमा सचेतना फैलाउने उल्लेखनीय भूमिका खेलेको बताए।

 

अध्यक्ष लोचन सदाको अध्यक्षता रहेको कार्यक्रममा संस्थाले विगत वर्षको गतिविधिको समीक्षा गर्दै आगामी वर्षका योजना र दृष्टिकोण प्रस्तुत गरेको थियो।

ऋषिवंश एकता सेवा समाज नेपालले शिक्षा, सामाजिक न्याय, र सशक्तिकरणलाई केन्द्रमा राखी मुसहर समुदायको समुन्नतिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..