मुसहर महिलामध्ये अझै ३०–४० प्रतिशत नागरिकताविहीन : मुख्यमन्त्री सिंह शिक्षा र नागरिकताको विषयमा जोड

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेष्ठ ६ गते 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुसहर समुदायमा अझै पनि ३०–४० प्रतिशत महिलाहरू नागरिकता विहीन रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

जनकपुरधाम स्थित मण्डल कुटीमा आयोजित ऋषिवंश एकता सेवा समाज नेपालको छैठौं साधारणसभा तथा वार्षिक समीक्षा कार्यक्रममा उद्घाटन मन्तव्य दिंदै उनले नागरिकता नहुनुका कारण समुदाय शिक्षा, स्वास्थ्य र रोजगारीका मौलिक अधिकारबाट वञ्चित भइरहेको बताए।

 

“जबसम्म दलित समुदाय शिक्षा बाट वञ्चित रहन्छ, तबसम्म उनीहरू आफ्ना हक–अधिकारका लागि लड्न सक्दैनन्,” उनले भने, “शिक्षा नै सशक्तीकरणको मूल आधार हो। अबको आन्दोलन कलम र किताबको हुनुपर्छ।”

मुख्यमन्त्री सिंहले मुसहर अभिभावकहरूलाई आफ्ना बालबालिकालाई कम्तीमा एसएलसीसम्म पढाउन र छोरा–छोरीको विवाह २० वर्ष पुगेपछि मात्र गराउन आग्रह गरे।

 

कार्यक्रममा मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, हंसपुरका पूर्वमेयर रामज्ञान मण्डल, समाजसेवी चन्देश्वर सादा लगायतले संस्थाको कामको प्रशंसा गर्दै यसले समुदायमा सचेतना फैलाउने उल्लेखनीय भूमिका खेलेको बताए।

 

अध्यक्ष लोचन सदाको अध्यक्षता रहेको कार्यक्रममा संस्थाले विगत वर्षको गतिविधिको समीक्षा गर्दै आगामी वर्षका योजना र दृष्टिकोण प्रस्तुत गरेको थियो।

ऋषिवंश एकता सेवा समाज नेपालले शिक्षा, सामाजिक न्याय, र सशक्तिकरणलाई केन्द्रमा राखी मुसहर समुदायको समुन्नतिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..