रौतहटमा वन अतिक्रमण र तस्करी विरुद्ध चुरे संरक्षण अभियानको विरोध प्रदर्शन

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज,जेष्ठ ५ गते 

रौतहट — चन्द्रपुर नगरपालिका–३ स्थित गैडाटार क्षेत्रमा भइरहेको वन अतिक्रमण, सिसौको रुख कटानी र चुरे क्षेत्रबाट गिट्टी–बालुवा तथा ढुंगा तस्करी विरुद्ध चुरे तथा वन जंगल संरक्षण अभियान नेपाल, रौतहटले सोमबार डिभिजन वन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ।

 

जिल्ला संयोजक अमिरी सहनीको नेतृत्वमा गरिएको उक्त प्रदर्शनमा दर्जनौं अभियन्ताहरू सहभागी थिए। उनीहरूले वन मन्त्रालय र डिभिजन वन कार्यालयमा गम्भीर अनियमितता भइरहेको आरोप लगाउँदै वन मन्त्री त्रिभुवन साहलाई राजीनामा दिनु पर्ने माग गरेका छन्।

 

प्रदर्शनकारीहरूका अनुसार गैडाटारको पाँच बिगाहा क्षेत्रफलमा गरिएको वन अतिक्रमण, सैकडौं सिसौका रुख अवैध रूपमा कटान, रुख तथा काठको तस्करी, चुरे क्षेत्रबाट ढुंगा–गिट्टीको अवैध निकासी, तथा स्थानीय विकास योजनामा कमिसन र ठेकदारसँगको मिलोमतोले वन स्रोतमा ठूलो क्षति पुर्‍याएको छ।

 

"वन कार्यालयले सर्वसाधारणलाई काठ वितरण नगरी ठेकदारलाई १४–१५ सय प्रतिक्युबिक फिटमा टेन्डर दिने गरेको छ," अभियन्ता राजेश भण्डारीले भने, "यसमा उच्च तहसम्मको मिलोमतो देखिन्छ।"

 

प्रदर्शनमा नन्दकिशोर राम, ओपिन्द्र यादव, अनिता यादव, निरज साह लगायत अन्य चुरे अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले ‘चुरे दोहन बन्द गर’, ‘कमिसन खोर वन सचिव प्रदेश छोड’ र ‘अतिक्रमणकारी DFO लाई कारबाही गर’ जस्ता नारा पनि लगाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..