बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी – जनकपुरमा प्रादेशिक छलफल कार्यक्रम सम्पन्न

1 वर्ष पहिले प्रकाशित

 

सुरेन्द्र रविदास, जनकपुरधाम, जेठ १

 

“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारासहित जनकपुरधाममा बाल अधिकार सुनिश्चितता सम्बन्धी प्रादेशिक छलफल कार्यक्रम सम्पन्न भएको छ।

 

बाल अधिकारको नीति, कार्यान्वयन र प्राथमिकता सम्बन्धी विषयमा केन्द्रित कार्यक्रममा सरोकारवालाबीच गहन छलफल भएको थियो। कार्यक्रममा बालबालिकाको हक–अधिकारलाई सुनिश्चित गर्न नीति तथा कार्यक्रममार्फत प्रभावकारी पहल आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

 

छलफलमा बाल अधिकारसँग सम्बन्धित नीतिगत सुझाव, क्रियान्वयनका चुनौती र प्राथमिकताका विषयमा विभिन्न दृष्टिकोण प्रस्तुत गरिएका थिए।

 

उक्त कार्यक्रम सेभ द चिल्ड्रेन र एकीकृत हातेमालो को सहकार्यमा राष्ट्रिय बाल अधिकार परिषद् द्वारा आयोजित गरिएको हो। कार्यक्रमको अध्यक्षता समाज कल्याण मन्त्रालय अन्तर्गत समाज कल्याण महाशाखाका प्रमुख निमार्ण मिश्रले गर्नुभएको थियो।

 

कार्यक्रममा गाउँपालिका समन्वय अधिकृत मनोज कुमार साहले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने राष्ट्रिय बाल अधिकार परिषद्का मधेश प्रदेश समन्वय अधिकृत संजीव महतोले सञ्चालन गर्नुभएको थियो।

 

बाल अधिकार प्रवर्द्धनका लागि नीति निर्मातादेखि स्थानीय तहसम्मको सहभागिता आवश्यक रहेकोमा सबै सहभागी एकमत देखिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..