महासेठ प्रदेश श्रम सल्लाहकार परिषद सदस्यमा मनोनयन

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, वैशाख ३१ — जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष , जेसिज जनकपुरका पूर्व तथा युवा उद्यमी जितेन्द्र कुमार महासेठ लाई मधेश प्रदेश सरकार अन्तर्गत श्रम तथा यातायात मन्त्रालयको प्रदेश श्रम सल्लाहकार परिषदको सदस्यमा मनोनयन गरिएको छ।

 

“प्रदेश श्रम सल्लाहकार परिषद गठन निर्देशिका, २०८१” को दफा ३, उपदफा २, खण्ड (झ) अनुसार रोजगारदाताको प्रतिनिधित्व गर्दै महासेठ लाई परिषद सदस्यमा नियुक्त गरिएको हो। निर्देशिकाको दफा ३, उपदफा ३ बमोजिम मनोनित सदस्यको कार्यकाल दुई वर्षको हुनेछ।उक्त मनोनयन श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको सिफारिसमा गरिएको हो।

 

महासेठ जनकपुरधामका अग्रणी युवा व्यवसायी मध्ये एक मानिन्छन्। जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षका रूपमा कार्यकाल अवधिभर उनले स्थानीय व्यापार, उद्योग तथा उद्यमशीलताको प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..