महासेठ प्रदेश श्रम सल्लाहकार परिषद सदस्यमा मनोनयन

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, वैशाख ३१ — जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष , जेसिज जनकपुरका पूर्व तथा युवा उद्यमी जितेन्द्र कुमार महासेठ लाई मधेश प्रदेश सरकार अन्तर्गत श्रम तथा यातायात मन्त्रालयको प्रदेश श्रम सल्लाहकार परिषदको सदस्यमा मनोनयन गरिएको छ।

 

“प्रदेश श्रम सल्लाहकार परिषद गठन निर्देशिका, २०८१” को दफा ३, उपदफा २, खण्ड (झ) अनुसार रोजगारदाताको प्रतिनिधित्व गर्दै महासेठ लाई परिषद सदस्यमा नियुक्त गरिएको हो। निर्देशिकाको दफा ३, उपदफा ३ बमोजिम मनोनित सदस्यको कार्यकाल दुई वर्षको हुनेछ।उक्त मनोनयन श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको सिफारिसमा गरिएको हो।

 

महासेठ जनकपुरधामका अग्रणी युवा व्यवसायी मध्ये एक मानिन्छन्। जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षका रूपमा कार्यकाल अवधिभर उनले स्थानीय व्यापार, उद्योग तथा उद्यमशीलताको प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..